कालिकाेटमा २० वर्ष उमेर  पार गरी विवाह गर्ने दलित युवतीलाई दश हजार पुरस्कार दिने

कालिकाेटमा २० वर्ष उमेर पार गरी विवाह गर्ने दलित युवतीलाई दश हजार पुरस्कार दिने

मंसिर २० कालिकाेट

कर्णाली प्रदेशमा दलित समुदायकाे करिव २९ प्रतिशत  बसाेवास रहेकाे छ ।

विज्ञापन

श्रम सिप साँस्कृति र पेशा ब्यबसायका लागि यस प्रदेशसमा दलित समुदायकाे परम्परागत वालिघरे पेशा वाट बाँच्न वाद्य छन।

तर पनि दलित समुदायकाे सिप श्रम  पेशालाइ ब्यबसायीकरण बनाउन नत त राज्यले सुरुवात गर्याे नत सराेकारवालाले पहल गरे राजनितिक दलकाे बहुमत बढाउने काम वाहेक राजनितिमा अरु केही सम्भावना देखिएन।

कर्णाली प्रदेश सरकारले  छाेरी बुहारीलाई शिक्षाकाे पहुँच पुर्याउन उच्च शिक्षा सम्म छोरी बुहारीलाई छात्रबृति दिने निर्णय पछि कालिकाेट जिल्लामा दलित किशाेरीका लागि खाडाचक्र नगरपालिकाले किशाेरीका लागि नयाँ काम थालनी गरेकाे छ।

जिल्लाकाे  खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित युवतीहरूलाई १० हजार रुपैयाँ सम्मान स्वरूप दिने भएकाे छ ।

बालविवाह विरुद्धको साझा अभियान कालिकोटका संयोजक खडानन्द अधिकारीले बाल-विवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म सहयोग पुग्ने बताए।

उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभरि ले जान जरुरी रहेको छ।’

वडाले बाल-विवाह न्युनिकरण गर्न यस्तो निर्णय गरेको वडा अध्यक्ष धर्मराज टमट्टाले जनाएका छन्।

‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौं’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं।’

विशेषगरी विद्यालयस्तरका र बाल-विवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेष रूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताए।

यसमा नगरपालिकाले कार्य विधि नै बनाई सकेको वडा नम्बर १ का वडा अध्यक्ष धर्मराज ताम्राकारले बताए ।
विद्यालयस्तरका र बाल-विवाहबारे चेतना जगाउने कार्यमा  प्लान नेपाल, फ्याडो नेपाल लगाएतका गैरसरकारी  संस्थाकाे सहयोग रहेको छ ।

‘अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौं’, उनले भने, ‘आगामी दिनमा नगरपालिकाका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ बताइएकाे  छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता