सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा दलित सेवा संघको भूमिका कर्णालीको अवस्था

सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा दलित सेवा संघको भूमिका कर्णालीको अवस्था

भदाै ३० सल्यान

आज दलित सेवा संघ स्थापना भएको दिन हाम्रो गौरवको दिन हामी मानव भएर बाँच्न पाउनु पर्छ भनेर सल्यानी योद्धाहरूको पहलमा नयाँ अध्याय शुभारम्भ गरेको दिन दलित पनि मानव हुन भनेर समतामुलक तथा सामाजिक न्याय सहितको मानव अधिकार प्राप्तीको लागी पहल गरेको दिन यस दिनमा दलित मुक्तिको लागि जीवन आहुति गर्ने स्वर्गीय मिना स्वर्णकार रेशम सुनार प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। देशमा रहेको व्याप्त जातीय बिभेद तथा अपमानबाट केही न्याय प्राप्तिका लागि दलित सेवा संघबाट भएको पहल तथा पैरवी भएको २८ औ वार्षिक उत्सवमा दलित सेवा संघ जिल्ला शाखा सल्यान सदस्यको हैसियतले सबै शोषित पीडित आम दलित समुदायमा सगै ५६ जिल्ला शाखा परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

विज्ञापन

देश अहिले संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरेको छ। संघियतामा नेपालीको भाग्य र भविष्यको परिकल्पना सहित हक तथा अधिकार दस्तावेज गरिएको ७ बर्ष पुरा भएको समयमा नेपाली दलित समुदायले चाहे जस्तो आमुल परिवर्तन हुन नसके पनि राना राजा तथा पुराना संबिधान भन्दा दलित समुदायको लागि यो ब्यबस्था केही प्रगतिशिल छ।

तर मुलकमा परिवर्तन भएको सामाजिक तथा साँस्कृतिक अधिकारबाट दलित समुदाय अझै बिमुख भएको बिभिन्न परिघटना यसका पाश्वबृतको रपमा देख्न सकिन्छ।

 नेपाली समाजमा ब्याप्त रहेको जातिय उत्पिडन तथा सामाजिक साँस्कितक उत्पिडनमा रहेका दलित सवाललाई एकीकृत गर्न दलित सेवा संघ एक अभिभावको रुपमा २०५२ साल भदौ ३० गते स्थापना भएको आज २८ बर्ष पुरा भएको छ।

दलित सेवा संघ स्थापना हुनु अरु राजनैतिक दलका भातृ संगठनको सिको गर्नलाइ थिएन यो अभियान थियो जसबाट राज्य सत्तामा बसेका दलित संगठन र त्यसको अस्वीकार्य किमार्थलाइ जनता माझ जागरण  पैदा गर्नु नै यसको मुल अभिभारा रहेको थियो।

२०५२ सालमा सल्यानको मार्केमा दलित समुदायमाथि गैरदलित समुदायले पानी भर्ने समयमा दलित माथी गरेको बिभेदबाट दलित सेवा संघको जन्म भएको हो।

सल्यानी दलित समुदायमाथि हुने साँस्कितक तथा सामाजिक उत्पीडन देशै भरी रहेको यर्थात वस्तुगत तथा राष्ट्रिय सवालको घटना परिदृय लाइ एकीकृत रूपमा व्यवस्थापन तथा सामाजिक आन्दोलनको रूपमा संस्थागत गर्न २०५२ साल भदौ ३० गते काठमाडौंमा यसको स्थापना गरिएको थियो।

नेपाली दलित समुदायमा रहेको ब्याप्त जातिय उत्पिडन सामाजिक रुपमा बालिघरे जस्तै बनाए काजाउने गैर दलित समुदायको लागि राजनैतिक दलमा रहेका दलित भातृ संगठन मुखदर्शक बनिरहे। किनकी राज्य सत्ता निश्चित जात ब्यबस्थाबाट सञ्चालित थियो। अभिब्यक्ति स्वतन्त्रता माथि बन्देज थियो तर प्रजातन्त्रको स्थापना पछि केही सुधार महसुस गरिए पनि राज्य सत्तामा दलित समुदायको शासकिय पद र नेतृत्व प्राय शुन्य नै रह्ये।

यसको बिकल्प र परिकल्पना  गरी दलित सेवा संघ स्थापना गर्ने एक योद्धा मोती लाल नेपाली  सगै चक्रमान विश्वकर्मा टंक बहादुर विश्वकर्मा स्वर्गीय रेशम बहादुर सुनार ईश्वरी प्रसाद विश्वकर्मा  सञ्जुसिहँ विश्वकर्मा रहेका थिए। 


परिवर्तनले समाजलाई उन्नत‚ प्रगतिशील‚ अग्रगामी एवं विकासको दिशामा अग्रसर गराउँछ । पुरातनवादी समाज रूपान्तरित हुन अग्रगामी छलाङ आवश्यक हुन्छ । सामाजिक अवस्थालाई मध्यनजर गर्दा अभियान, आन्दोलन, सङ्घर्ष‚ विद्रोह‚ क्रान्ति, जागरण‚ युद्ध जस्ता कुराले समाजलाई परिवर्तन गर्न सक्छ । जसले समाजलाई सकारात्मक परिणाम दिन्छ तर कहिलेकाहीँ समाजमा नकारात्मक परिवर्तन पनि हुन सक्छ । समाजले परापूर्व कालदेखि स्वीकार गर्दै आएको मूल्यमान्यता, धर्म, संस्कृति, परम्परामा आघात पुग्ने क्रियाकलाप समाजलाई पाच्य हुँदैन तर पनि कुनै-कुनै परिवर्तन नचाहेर पनि हुने गर्छन । भन्ने प्रगतिशिल बिचारको सामाजिक सोच, विचार, चिन्तन‚ र व्यवहार गतिशील प्रक्रिया को अबलम्वन गर्ने अभियान हो दलित सेवा संघ।

समय क्रममा यसको रूपान्तरण अवश्यम्भावी छ । सामाजिक रूपान्तरण सामाजिक विकासका लागि अपरिहार्य हुन्छ । सामाजिक रूपान्तरणको नियमले समाजको आवश्यकतालाई मध्यनजर गर्दै समाजलाई सकारात्मक संरचनात्मक परिवर्तनको दिशामा डोहोर्याइरहेको हुन्छ ।

सामाजिक परिवेश‚ क्रियाकलाप‚ मूल्य‚ मान्यता‚ आचरण‚ संरचना‚ सरोकार एवं सम्बन्धहरूमा परिवर्तन आइ एउटा अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रक्रिया वा प्रवृत्तिलाई सामाजिक रूपान्तरणका रूपमा लिन सकिन्छ । रूपान्तरण गर्नाको अर्थ हो सामाजिक कुरीति‚ कुसंस्कार‚ विकृति‚ विसङ्गति‚ विभेद‚ असमानता‚ शोषण र नकारात्मक सम्बन्धलाई अन्त्य गरी उन्नत‚ वैज्ञानिक, सुसंस्कृत‚ सत्य र न्यायपूर्ण सम्बन्धको विकास, परिमार्जन वा परिष्कृत पार्नु अहिले दलित सेवा संघ तर्फ सामाजिक तथा साँस्कितक रुपान्तरणका बिषय गम्भिर बनेका छन।

समाजद्वारा स्वीकार्य मूल्यमान्यता तथा संस्कृतिमा हुने परिवर्तन भनेको नै सामाजिक रूपान्तरण वा परिवर्तन हो, जुन स्थायी हुन्छ । सामाजिक रूपान्तरण जोखिम र चुनौती रहित भने हुँदैन । सामाजिक विखण्डन‚ विचलन र विकृतिप्रति सचेत रही यसको व्यवस्थापन र निराकरण गर्नु  दलित सेवा संघका लागी समिक्षा सवाल र आन्दोलनका बिषय बनाउन नेतृत्वले पहलकदमी चाल्न आश्यक छ।

सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा दलित सेवा संघको भुमिका


इवि टेलरका अनुसारः संस्कृति भनेको ज्ञान‚ कला‚ विज्ञान‚ विश्वास‚ नैतिकता‚ कानुन एवं समाजको एक सदस्य भएको हैसियतले आर्जन गरेको क्षमता एवं आनिवानीको जटिल समग्रता हो । संस्कृतिलाई बुझ्ने सन्दर्भमा विभिन्न मतहरू पाइन्छन् । सामाजिक प्राणी भएको नाताले मानिसले आफूमा जुन कुरा राख्छ वा जस्तो व्यवहार (जैविक‚ मनोवैज्ञानिक‚ सामाजिक) सिक्छ त्यो सबै संस्कृति हो । चाड, पर्व, धार्मिक क्रियाकलाप, रीतिरिवाज, भेसभुसा, प्रचलन, मान्यता र विश्वासहरूको समष्टिगत रूप हो संस्कृति । साथै यसले समाजमा स्थापित प्रथा र परम्परालाई समेत इङ्गित गर्दछ । संस्कृति जीवन व्यतीत गर्ने एक सम्पूर्ण विधि/पद्धति हो जसले व्यक्तिको शारीरिक‚ मानसिक एवं अन्य आवश्यकताको पूर्ति गर्छ ।

सामाजिक तथा संस्कृति सामाजिक सामूहिकतामा आधारित हुने भएकोले समाजका सदस्यहरूले परस्परमा साझा अर्थबोध गर्नु पर्दद्ध।

संस्कृतिले व्यक्तिहरू निर्माण गर्छ, साथै व्यक्तिहरुलेनै सामूहिक श्रम एवं पहलद्वारा त्यही संस्कृतिको पुनः निर्माण गर्छन् । यसै सिलसिलामा मानिसको समग्र जीवनशैली‚ समुदायबाट वैयक्तिक रूपमा आर्जन गर्ने सामाजिक तथा सांस्कृतिक विरासत, हैसियत‚ सोचाइ‚ चिन्तन‚ सिकाइ‚ अनुभूतिहरू र विश्वास गर्ने पद्धति, सामूहिकतामा र वास्तविकतामा व्यवहार गर्ने शैली, समुचित सिकाइ, तत्कालीन समस्याहरूको विशेषीकृत रूप, अभिमुखीकरण बाट दलित सेवा संघले टेवा दिएको छ।

सामाजिक तथा साँस्कृतिक रूपान्तरण आफैँमा पूर्ण हुँदैन । सामाजिक रूपान्तरणसँग सांस्कृतिक रूपान्तरण जोडिएर रहेको हुन्छ । सामाजिक रुपान्तरण सांस्कृतिक रूपान्तरणको एउटा अगं मात्र हो ।

सामाजिक रूपान्तरणमा मानिसहरूबिचको मानवीय क्रियाकलाप‚ व्यवहार‚ क्षमता‚ सरोकार एवं सम्बन्ध गाँसिएको हुन्छ तर सांस्कृतिक रूपान्तरणमा मानिसले अङ्गीकार गर्ने उसका दैनिकीका विषयवस्तु लगायत मानिसका कला, साहित्य, भाषा, धर्म, रीतिरिवाज आदिमा परिवर्तन गर्न दलित सेवा संघले सञ्चालन गरेको अभियानबाट केही संस्थागत भए भने केही कार्यान्वयनको पक्षमा रहेका छन।

तर अहिले सामाजिक तथा साँस्कृतिक रुपमा दलित समुदायमाथि अपहेलन तृस्कर हेय जस्ता घटनाले अन्तरराष्ट्रिय समुदायको सामु देश  लजित भएको जुन रुकुम चौरजाहरी नर संहार सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता भन्दा फरक दृश्यको घटना हुनुले  हामी सबै  अपहेलित भएका छौ।  त्यसैले दलित सेवा संघ यस विषयमा चासोका साथ पैरवी गर्नु संस्थाको मुख्य आएम हो।

कर्णालीमा थपिएको सामाजिक तथा सांस्कृतिक जटिलता र दलित सेवा संघको पैरवी

जिल्ला कालिकोट

घटना नं १

१ घटनाको प्रकृतीः

वडा अध्यक्ष रंगराज सार्की माथी सोही वडाका लेखापालले जातिय भेदभाव तथा अमानविय ब्यबहार गरेको

२ घटना स्थलः

सान्नीत्रिवेणी गाउँपालिका वडा नं ६ को वडा कार्यलय कालीकोट।

३घटना पीडितको नामः

  रंगराज सार्की

४ पिडितको स्थायी ठेगनाः

सान्नीत्रिवेणी गाउँपालिका वडा नं ६ कालीकोट

५ पिडितको संक्षिप्त परिचयः

सान्नी त्रिवेनी गाउपालिका वडा नं ६ स्थायी निवासी रंगराज सार्की वडा नं ६ को निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ। सार्की कालिकोट जिल्लामा दलित समुदायको मानअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल दलित मानव अधिकार कर्मी तथा राजनैतिक नेतृत्व पहल कर्ता हुनुहुन्छ। यहाँ एक सामान्य तथा निम्न बर्गिय परिवारमा जन्मनु भएको हो।

६ घटनाका पिडक/दोषीः

सान्नी त्रिवेनी गाउपालिका वडा नं ६ का राम प्रसाद संज्याल

७ घटना विवरणः

घटना २०७७ साल फागुन ७ गते भएको हो। सान्नीत्रिवेणी गाउँपालिका–६ घरभई सोही वडाका अध्यक्ष ४५ वर्षीय रंगराज सार्कीलाई सोही ठाउँ घरभई वडा कार्यालयमा कार्यरत कार्यालय सहायक ३९ वर्षीय रामप्रसाद संज्यालले फागुन २१ गते वडा कार्यलयमा रंगराजलाई डुम, कमारा भन्दै गाली गरेको गरेका थिए। त्यसको प्रतिरक्षाको लागी अध्यक्ष सार्कीले कालिकोटको सदरमुकाममा फागुन २४ गते पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष सार्कीले वडा सहायक संज्यालले कार्यालयमा मदिरा सेवन गरेर आउने र कार्यालयको काममा बाधा पुर्याउने गरेकाले बादबिबाद हुदा मदिरा सेवन गरी कार्यलय समय भित्र डुम कमरा त बस्ने यो कुर्सी होइन भन्दै गाली गलौच तथा हमानविय ब्यबबहार गरेको पत्रकार सम्मेलनमा उनले बताए। सार्कीले कार्यलय काममा सुर्खेत गएको समयमा यस अघि पनि फागुन ७ गते फोन गरी गु खाने डुम कमारा जस्ता अपशब्द प्रयोग गरी गाली गलोज गरेको वडा अध्यक्ष सार्कीले बताउनु बताए।

कार्यालय समयमा वडा कार्यालयमा जातीय विभेद तथा अमानविय ब्यबबहार देखाउदै  वडा कार्यलय भित्र हात समेत गरेका थिए।

८ पिडितलाइ न्याए दिलाउन गरिएका प्रयासहरुः

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरेको छ ।जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि तीन वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अनुसार पिडित रंगराज तथा दलित अधिकार कर्मी सहितको टोलीले २०७७ फागुन २५ गते जिल्ला प्रहरी कार्यलय कालीकोटमा जातिय भेदभाव तथा अमानविय ब्यबहार गर्ने राम प्रसाद संज्याल बिरुद्ध उजुरी दर्ता  गरेको।

फागुन २५ गते उजुरी दर्ता गरे लगतै पीडक राम प्रसाद संज्याललाइ जिल्ला प्रहरी कार्यलय कालीकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलीयाको निर्देशनमा प्रकाउ गरी हिरासतमा राखी अनुसन्धान गरिएको थियो।

हिरासत अनुसान्धानबाट पिडक संज्यालले जातिय भेदभाव तथा अमानविय ब्यबहार गरेको ठहर भए पश्चात जिल्ला अदालत कालीकोटमा उजुरी दर्ता गरेको।

जिल्ला अदालतबाट वडा अध्यक्ष जस्तो सम्मानित पद समालेका निर्वाचित ब्यक्तीमाथी  जातिय भेदभाव तथा अमानवसय ब्यबहार गरेको ठहर गर्दै पिडित लाइ न्याय दिलाउन पिडक लाइ २५ हजार धरौटीमा रिहा गरिएको थियो।

वडा अध्यक्षमाथी भएको जातिय बिभेद बिरुद्ध कालीकोट जिल्लाका मानव अधिकार कर्मी तथा दलित अधिकारकर्मी र राजनैतिक पार्टीले दवाव सृजना बाट पिडितलाइ न्याय दिलाउन सहज भएको थियो।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

सान्नीत्रिवेणी गाउँपालिका–६ घरभई सोही वडाका अध्यक्ष ४५ वर्षीय रंगराज सार्कीलाई सोही ठाउँ घरभई वडा कार्यालयमा कार्यरत कार्यालय सहायक ३९ वर्षीय रामप्रसाद संज्यालले जातीय विभेद मधिरा सेवनको कारणले भएको तथा मानव समाजमा मान्छे मान्छे यउटै भएको भन्दै वडा कार्यलयका जन प्रतिनिधी तथा स्थानिययमा जातिय भेदभाव तथा छुवाछुत जस्तो कुप्रथा अन्त्य गर्न सहयोग गर्ने संज्याले प्रतिवद्धता जनाए सगै अहिले सोही वडामा जातिय भेदभाव तथा छुवाछुतका विरुद्ध अभियान नै सञ्चालन गर्न थालेका छन।

उक्त अभियानबाट जातिय भेदभाव तथा छुवाछुत जस्ता अमानविय घटना न्युनिकरण हुन थालेका छन।

जिल्ला कालिकोट

घटना नं २

१ घटनाको प्रकृतीः

जातिय बिभेद तथा कुटपिट

२ घटना स्थलः

 खाँडाचक्र नगरपालिका वडा नं १० कालीकोट 

३घटना पीडितको नामः

 हस्त चँदारा

४ पिडितको स्थायी ठेगनाः

 खाँडाचक्र गाउपालिका वडा नं १० कालीकोट

५ पिडितको संक्षिप्त परिचयः

खाँडाचक्र नगरपालिका वडा नं १० स्थायी निवासी हस्त चँदारा स्थानिय ज्याला मजदुरी गर्दै अध्ययन तथा पारिवारिक ब्यबस्थापन गर्दै आएका छन। चँदरा कालीकोट जिल्लामा हुने जातिय बिभेदको बिरुद्ध सशक्त आवाज उठाउने एक युवा हुन। कालीकोटमा हुने जातिय बिभेदका विरुद्ध लाग्ने युवा एक सामान्य गरिव परिवार भित्र जन्मेका हुन।

६ घटनाका पिडक/दोषीः

खाँडाचक्र नगरपालिका वडा नं १० स्थायी निवासी २२ वर्षीय तपेन्द्र शाही र २० वर्षीय मधु शाही

७ घटना विवरणः

जातिय बिभेद तथा कुटपिट सम्वन्धी  घटना २०७७ साल श्रवान १९ गते भएको हो। पीडितलाई हस्त चँदारा लाइ खाँडाचक्र नगरपालिका वडा नं १० का २० बर्षिय मधु शाहि र २२ बर्षिय तपेन्द्र शाहीले साउन १९ गते सार्वजनिक स्थलमा डुम, कमारा भन्दै गाली गर्दै धारिलो हतियार प्रहार गरेका थिए। धारिलो हतियार प्रहार बाट १८ बर्षिय हस्त चँदारा घाइते भएका थिए। घाइते हस्त बहादुर चँदारा लाइ उनका काका मुन चँदाराले प्रहरीलाइ खबर गरेका थिए। चँदारालाइ कुटपिट गर्ने पिडक शाही बिरुद्ध श्रवान २१ गते जिल्ला प्रहरी कार्यलयमा जातिय भेदभाव तथा कुटपिट बिरुद्ध जाहेरी दर्ता गरिएको थियो।

८ पिडितलाइ न्याए दिलाउन गरिएका प्रयासहरुः

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेद बिरुद्धको स्खलन हुने गरी कालीकोट जिल्लामा भएका  जातिय छुवाछुत तथा भेदभाव सहित ज्यान मार्न उद्दत हुने कार्यको निसाना बाजीमा दलित समुदाय दिनानुदिन पिडित हुन थाले सगै दलित अधिकार कर्मी तथा मानव अधिकार कर्मी  सुरक्षा निकायमा कालीकोट जिल्लाका दलित अगुवा हरुले गम्भीर ध्यानाषर्कण गर्दै  हस्त चँदारा बिरुद्ध भएको  जातिय भेदभाव तथा कुटपिट बिरुद्ध७७ साल श्रावन २२ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गरिएको थियो।

घटना दर्ता गरे लगतै जिल्ला प्रहरी कार्यलय कालीकोट र खाँडाचक्र गाउपालिकामा रहेको प्रहरीको सहयोगमा अनुसन्धान थालिएको थियो।

पिडकहरु घटना घटाइ सकेपछि फरार भएको र खोज तथा अनुसन्धान जारी भएको जिल्ला प्रहरी कार्यलय कालीकोटका इन्स्पेक्टर भुपेन्द्र शाहीले जानकारी दिए।

पिडक फरार भएकाले एक सता पछि गिरफतार गरी हिरासतमा राखी अनुसन्धान थालिएको  शाहीले बताए।

जातिय भेदभाव तथा ज्यानमार्ने उद्योगमा लागेका पिडकलाइ  एक हप्ताको हिरासत पछि घाइते हस्त चँदारा लाइ उपचार खर्च उपलब्ध गराउने गरी जिल्ला अदालतबाट एक महिनाको थुनछेक बहस पछि पिडक लाइ उपचार सहित राहत दिने गरी दरौटीमा  रिहा भएको प्रहरीले जानकारी दिएको छ।

कालीकोट जिल्लामा हुने जातिय बिभेद तथा छुवाछुत बिरुद्ध दलित अधिकार कर्मी तथा मानव अधिकार कर्मी र सुरक्षा कर्मीले पछिल्लो चरणमा बिभेद बिरुद्ध सुन्य सहनशिलता कायम गर्न प्रतिवद्ध हुने गरी अभियान चलाउने सहमति भएको छ।

हस्त चँदारा बिरुद्ध भएको घटनाले दलित समुदायमा झन बढी सम्वेनशिलता बढाएकाले जिल्ला प्रहरी कार्यलयले यसलाइ गम्भीरताका साथ लिएको र राजनैतिक सुरक्षा हैन राजनैतिक तिस्कार गरे मात्र घटना न्युनिकरण हुने निषर्क सहित बिभेद बिरुद्ध हातेमालो गर्ने सहमति हनुसार कानुनी दायरामा ल्यायर कारबाही थाले पनि राजनैतिक सुरक्षा तथा धरौटी हैन ऐनमा ब्यबस्था भएबमोजिम  तिन बर्ष जेल नै चलान गर्ने पर्नेमा दलित अधिकार कर्मीले खबरदारी गरेका थिए।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

जातिय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ तथा संशोधित ऐन २०७४ नेपालको संबिधान २०७२ भाग ३को धारा २४ मा छुवाछुत तथा भेदभाव बिरुद्धको हक को ब्यबस्था भएकाले दलित समुदायमा गुमेका दलित अधिकार प्राप्त हुन थालेको तथा  भेदभाव जस्तो अमानविय  ब्यबहार र कानुनी तवरले दण्डनिय  भएकाले  निज पिडक मधु शाही र तपेन्द्र शाहीले समाजमा  सामाजिक मेलमिलाप कायम गरी समता मुलक समाज निर्माण गर्न दलित समुदाय जस्तै गैरदलित समुदायले पनि सघाउने बचन बद्बता गरे सगै जातिय बिभेद तथा छुवाछुत न्युनिकरण हुने पहल भएको छ।स्थानिय तहमा हुने जातिय भेदभाव तथा छुवाछुत बिरुद्धको पहिलो कानुन पनि नगरपालिकाले बनाउन पहल गर्ने स्थानिय जनप्रतिनिधीहरुले प्रतिबद्धता गरेका थिए।

जिल्ला कालिकोट

घटना नं ३

१ घटनाको प्रकृतीः

मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुटपिट तथा जातिय भेदभाव तथा छुवाछुत।

२ घटना स्थलः

शुभकालिका गाउँपालिका–४ मुग्राहाका कालिकोट

३घटना पीडितको नामः

पंख बहादुर विक

४ पिडितको स्थायी ठेगनाः

शुभकालिका गाउँपालिका–४ मुग्राहाका कालिकोट

५ पिडितको संक्षिप्त परिचयः

शुभकालिका गाउँपालिका–४ मुग्राहाका कालिकोट स्थायी निवासी पंख बहादुर विक एक सामान्य परिवार भित्रका जन्मेका दलित अभियान्ता हुन। दलित अधिकार तथा जातिय भेदभाव बिरुद्धको अभियानमा लागेका युवा स्थानिय कालिकोटमा स्थानिय रोजगार बाट पारिवारीक ब्यबस्थापन गर्दै आएका छन।

बिक दलित मानव अधिकार तथा जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध सशक्त आवाज उठाउने एक युवा भित्र पर्ने गर्दै छन।

६ घटनाका पिडक/दोषीः

२३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही र१९ वर्षीय युवराज शाही

७ घटना विवरणः

मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुटपिट तथा जातिय भेदभाव तथा छुवाछुत बिरुद्धको घटना २०७७ साल साउन २६ गते भएको हो।दलित समुदाय अछुत हुन्छन तिमी दलितहरु मन्दिर भित्र प्रबेश गरे मन्दिर अपबित्र हुन्छ भन्दैशुभकालिका गाँउपालिका–७ स्थित मच्छेवाडीमा रहेको धबलपूरा देवताको पूजा गर्न मन्दिरभित्र प्रवेश गर्न खोज्दा २०७७ साल साउन २६ गते २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही र १९ वर्षीय युवराज शाहीकुटपिट गरेका थिए।

पीडित पंख बहादुर बिक का अनुसार दलित भएकाले मन्दिरमा जान नपाइने भन्दै बाटो छेकी आरोपितहरूले आफूलाई ढुङ्गा र दाउराले कुटपिट गरी भीरबाट खसालिदिएका थिए ।

बुटपिटका कारण पिडित पंख बहादुर बिकको  दायाँ गोडा र घाँटीमा गम्भीर चोट लागेका कारण जिल्ला अस्पताल कालिकोटका उपचार भइरहेको सूचना अधिकारी कटक महतले जानकारी दिए।

जातीय छुवाछूत गरी कुटपिट गरेको आरोपमा आरोपितहरूविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा साउन २९ गते उजुरी  दर्ता गराएका थिए।

८ पिडितलाइ न्याए दिलाउन गरिएका प्रयासहरुः

दलित अधिकार कर्मी मानव अधिकार कर्मी पत्रकार सुरक्षा कर्मी नागरिक समाज तथा राजनैतिक दलको दवावमा   जातीय छुवाछूत गरी मन्दिर प्रबेशमा रोक लागाएका तथा मन्दिरमा पुजा गर्न नदिएको  पुजा गर्न खोज्दा  कुटपिट गरेका २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही र १९ वर्षीय युवराज शाही बिरुद्ध पंख बहादुर विकले  जिल्ला प्रहरी कार्यालय कालिकोटमा साउन २९ गते उजुरी  दर्ता गराएका थिए।

जिल्ला प्रहरी कार्यालयका  डिएसपी श्याम ओलियाले जातीय विभेदको उजुरी दर्ता भएको र घटनामा संलग्न व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको जानकारी दिएका थिए।

जातिय छुवाछुत तथा भेदभाव गरी कुटपिट सहित ज्यान मार्न उद्दत हुने फरार अभियुक्तलाइ प्रहरीले एक साता भित्र गिरफतारी गरी हिरासतमा राखी अनुसन्धान गरेको थियो।

प्रहरीको अनुसन्धान बाट पिडक तिन जना सहितको समुहलाइ जिल्ला अदालतमा जातिय भेदभाव तथा छुवाछुत बिरुद्धको मुद्बा दर्ता गरी अनुसन्धान थालिएको थियो।

अदालतको थुनछेक बहस पछि पिडकले पिडितललाइ उपचार खर्च ब्यहोर्ने गरी धरौटी तथा तारेखममा छुटेका थिए।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

मन्दिर जस्तो सार्वजनिक स्थलमा पुजा पाठमा दलित समुदायलाइ रोक लगाउने बिरुद्ध दलित अधिकार कर्मी तथा मानव अधिकार कर्मी नागरिक समाज संघ संस्था र दलित सेवा संघ कालीकोट शाखाले गरेको प्रयास पछि दलित समुदायमा सार्वजनिक स्थलमा गरिने अमानविय ब्यबहार तथा कानुननले बन्देज गरेका कसुर र जातिय भेदभाव बिरुद्ध सबै दलित नागरिक समाजमा संस्था तथा गैरदलित समुदाय सचेतीकरण गर्न पहल गरेका छन। पंख बहादुर विक प्रति मन्दिर प्रबेशमा रोक लगाउने तथा ज्यान मार्न उद्दत हुने घटनाले दलित मानव अधिकार प्रति सम्वेदनशिलता बढाएको ले दलित सचेतीकरण तथा स्थानिय निकायमा दलित मैत्री कानुन निर्माण गर्न पहल थालेका छन।

पिडितलाइ न्याय दिलाउन गरिने प्रयासमा  सबै मानब अधिकार कर्मी लागेकाले स्थानिय तहमा विभेदका घटनामा न्युनिकरण हुन थालेका छन।

जिल्ला कालिकोट

घटना नं ४

१ घटनाको प्रकृतीः

 जातिय छुवाछुत तथा कुटपिट र अमानविय ब्यबहार

२ घटना स्थलः

नरहरिनाथ गाउँपालिका वडा नं ७को वडा कार्यलय कालिकोट

३घटना पीडितको नामः

दल बहादुर विक

४ पिडितको स्थायी ठेगनाः

नरहरिनाथ गाउँपालिका वडा नं ७कालिकोट

५ पिडितको संक्षिप्त परिचयः

नरहरिनाथ गाउपालिका वडा नं ७ स्थायी निवासी दल बहादुर विक वडा नं ७ को निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ। विक कालिकोट जिल्लामा दलित समुदायको मानअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल दलित मानव अधिकार कर्मी तथा राजनैतिक नेतृत्व पहल कर्ता हुनुहुन्छ। यहाँ एक सामान्य तथा निम्न बर्गिय परिवारमा जन्मनु भएको हो।

६ घटनाका पिडक/दोषीः

दलबहादुर बुढा

७ घटना विवरणः

वडा कार्यलयमा नै वडा अध्यक्ष दल बहादुर विक लाइजातिय छुवाछुत तथा कुटपिट र अमानविय ब्यबहार २०७७ साल फागुन २९ गते भएको हो। नरहरिनाथ गाउपालिका वडा नं ७ स्थायी निवासी दल बहादुर विक वडा नं ७ को निर्वाचित वडा अध्यक्ष माथी  सोही ठाउका दल बहादुर बुढाले वडा कार्यलयमा जातिय छुवाछुत गाली गलौच  गर्दै कुटपिट गरेका थिए।

८ पिडितलाइ न्याए दिलाउन गरिएका प्रयासहरुः

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरेको अधिकार कार्यन्वयन निकाय वडा सरकार र जनप्रतिनिधी भएकाले यसलाइ जातिय बिभेद मात्र नभए सार्वजनिक अपराध मान्नु पर्ने दलित सेवा संघ जिल्ला शाखा कालिकोटका अध्यक्ष रमेश नेपालीले आपती जनाउदै गैर दलित समुदाय दलित जनप्रतिनिधिहरु प्रति कार्य कक्षमा नै बिभेद हुनुले दलित समुदाय प्रति सम्बेदनशिलता बढाएको बताउदै दलित  अधिकारकर्मी मानव अधिकार पत्रकार र सुरक्षा कर्मीलाइ ध्याणार्षकन गर्दै २०७७ साल चैत्र ६ गते जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गरिएको थियो। उजुरी दर्ता पछि कालिकोट जिल्ला प्रहरी प्रमुख श्याम ओलियाले बिभेद बिरुद्धको अपराधमा  संलग्न अभियुक्तलाइ ३ दिन पछि चैत्र ९ गते गिरफतार तथा हिरासतमा राखी अनुसन्धान थालेको बताए।

अपराधमा  संलग्न अभियुक्तलाइ  जातिय छुवाछुत तथा  भेदभाव बिरुद्ध जिल्ला अदालतमा मुद्बा दर्ता गरेको जानकारी दिए।

पिडक दल बहादुर बुढालाइ  जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि तीन वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अनुसार अदालतको थुनछेक बहसको फैसला पछि पिडक धरौटीमा रिहा भएका थिए।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

नरहरिनाथ गाउपालिका वडा नं ७ घरभई सोही वडाका अध्यक्ष दल बहादुर विक लाइ लाई सोही ठाउँ घरभएका दल बहादुर बुढाले  वडा कार्यलयमा भएको जातिय बिभेद  तथा छुवाछुत र कुटपिट भएको वडा अध्यक्ष सामु मापी पनि मागेका छन। सार्वजनिक पद धारण गरेको ब्यक्ती माथी अमानविय ब्यबहार गरेकोमा अब दलित समुदाय प्रति गरिने बिभेदका बिरुद्ध बकालत गर्ने प्रतिबद्धता गरेका छन।

मानव समाजमा मान्छे मान्छे यउटै भएको भन्दै वडा कार्यलयका जन प्रतिनिधी तथा स्थानिययमा जातिय भेदभाव तथा छुवाछुत जस्तो कुप्रथा अन्त्य गर्न सहयोग गर्ने संज्याले प्रतिवद्धता जनाए सगै अहिले सोही वडामा जातिय भेदभाव तथा छुवाछुतका विरुद्ध अभियान नै सञ्चालन गर्न थालेका छन।

उक्त अभियानबाट जातिय भेदभाव तथा छुवाछुत जस्ता अमानविय घटना न्युनिकरण हुन थालेका छन

जिल्ला जाजरकोट

घटना नं ५

१ घटनाको प्रकृतीः

जातिय छुवाछुत तथा कुटपिट

२ घटना स्थलः

जुनीचाँदे गाउँपालिका –२ जाजरकोट

३घटना पीडितको नामः

२२ वर्षीय सर्पे दमाई

४ पिडितको स्थायी ठेगनाः

 जुनीचाँदे गाउँपालिका–२

५ पिडितको संक्षिप्त परिचयः

जुनीचाँदे गाउँपालिका–२ का २२ वर्षीय सर्पे दमाई स्थानिय ज्यालादारी गर्दै जिवन निर्भाह गर्दै आएका छन। सामान्य तथा गरिव परिवारका दमाइ  सामान्य गरिव परिवामा जन्मेका हुन।

६ घटनाका पिडक/दोषीः

राम लाल नेपाली

७ घटना विवरणः

जातिय छुवाछुत तथा कुटपिटको घटना २०७७ श्रावन १५ गते भएको थियो।जुनीचाँदी गाउपालिका वडा नं २ का २२ बर्षिय सर्पे दमाइ सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यलयमा गएका थिए। मदिरा सेवन गरी हल्ला गरेको भन्दै साउन १५ गते सोही वडाका अध्यक्ष ३८ वर्षीय रामबहादुर नेपालीले वडा कार्यालय परिसरमा डोरीले बाँधेर कुटपिट गरेका थिए।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँडिरहेको अवस्थामा हल्ला गरेको भन्दै अध्यक्ष नेपालीले कुटपिट गरेको भिडियो साउन १९ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

८ पिडितलाइ न्याए दिलाउन गरिएका प्रयासहरुः

सामाजिक सञ्जाल मार्फत सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिट गरेको घटनाको चौतर्फी बिरोध भए पछि मानव अधिकार कर्मी  नागरिक समाज दलित अधिकार कर्मी तथा पत्रकार सुरक्षा कर्मी को पहलमा वडा अध्यक्ष वडाध्यक्ष र घटनामा संलग्न सोही ठाउँका २६ वर्षीय ललित विकलाई साउन २१ गते गिरफ्तार गरेर अभद्र व्यवहारको मुद्दा लगाएको डीएसपी मधुकुमार  थापाले बताउए।

तर पिडित दमाइले जाहेरी दर्ता नगरेको प्रहरीको भनाइ रहेको छ।

घटनाका बारेमा थप सत्य तथ्य पत्ता लगाउन  इन्सेकको नेतृत्वमा उच्च वार एशोसिएशन र नेपाल पत्रकार महासंघ सहितको टोलीले साउन २१ गते ३३ वर्षीय वडाध्यक्ष रामबहादुर नेपालीले सोहि ठाउँका १८ वर्षीय सर्पे दमाइलाई कार्यालय परिसरमै कुटपिट गरेको घटनाको स्थलगत अनुमनका क्रममा  घटनाका प्रत्यक्षदर्शी र स्थानीय समुदायका अगुवासँगपनि छलफल गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरे अनुसार जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा  २ ४ र ७ मा  ब्यबस्था भए अनुरुप कसुर र विभेदको अवस्था हेरेर सार्वनिक पद धारण गरेका ब्यक्तीले सोही घटना घटाउनु मानव अधिकार को उल्लघन भएकोले यस्ता घटना न्युनिकरण गर्न वडा अध्यक्ष रामलाल नेपाली सहमति भएका छन भने पिडित सर्पे दमाइले पनि स्थानिय तहमा हुने सभा तथा सम्मेलनमा जातिय बिभेद बिरुद्ध वकालत गर्ने जनाएका छन। कानुनका आधारमा सबै बराबर हुने नियम हुने भएकाले जातिय बिभेद न्युनिकरण गर्न पहल गर्ने वडा अध्यक्ष नेपाली ले बताए। घटनाको बारेमा मानव अधिकार कर्मी तथा पत्रकारहरुले वकालत गर्दा सर्पे दमाइले न्याय प्राप्त गरेका छन।

जिल्ला जुम्ला 

घटना नं ६

१ घटनाको प्रकृतीः जातिय बिभेद छुवाछुत तथा गालीगलौच

२ घटना स्थलः

सिंजा गाउँपालिका ६ जुम्ला

३घटना पीडितको नामः

विवेन्द्र नेपाली

४ पिडितको स्थायी ठेगनाः

सिंजा गाउँपालिका ६ जुम्ला

५ पिडितको संक्षिप्त परिचयः

सिंजा गाउँपालिका ६ जुम्ला स्थायी निवासी बिबेन्द्र नेपाली स्थानिय दलित अधिकार कर्मी हुन। नेपालीले स्थानिय स्तरमा हुने जातिय बिभेद बिरुद्ध  खुलेर वकालत गर्ने गरेका छन। नेपाली ले स्थानिय ज्याला मजदुरी तथा आफ्ने खेतीपातीमा काम गरेर पारिवारिक ब्यबस्थापन गर्दैआएका छन। जुम्लामा हुने जातिय बिभेद बिरुद्ध अभियान चलाउदै आएकका युवा एक सामान्य गरिव परिवारमा परिवारमा जन्मेका हुन।

६ घटनाका पिडक/दोषीः

सिंजा गाउँपालिका ६ का वडाध्यक्ष ५५ वर्षीय काली बहादुर बुढा र उनका छोरा नविन बुढा

७ घटना विवरणः

सिंजा गाउँपालिका ६ निवासी बिबेन्द्र नेपालीलाइ २०७८ साल असार ६ गते फोन मार्फत गाली गलौच तथा  जातिय बिभेद जन्य अमानविय ब्यबहार गरेका थिए।

स्थानिय रेडयोमा बडा अध्यक्ष काली बहादुर बुढाको अन्तरवार्तामा सबै नागरिकका घर घरमा खानेपाली धारा पुगेको ६ भन्ने सुने पछि बिबेन्द्र नेपाली ले फोन मार्फत अध्यक्ष ज्यु हाम्रो गाउको दलित बस्तीमा पानी लिन जाँदा एक घण्टा भन्दा बढी लाग्छ खानेपानी धारा पुगेको छ भनेर किन जन्तालाइ झुक्याउनु हुन्छ भन्दा वडाध्यक्षले असार ६ गते फोन गरेर ‘तँ साले कुकुर, तेरो बाउले हालेको हो योजना ? मेरो विषयमा टिप्पणी गर्ने तँ को होस’ भनेर विभेदपूर्ण व्यवहार गरेका थिए। उनले  असार ८ गते वडाध्यक्षले कार्यकक्षमा बोलाएर ‘जे गर्छस् गर । तँलाई डुम नभनी के राजा भनु ?’ भनेर दुईपटक गालामा हानेर गर्धनमा निमोठेको पीडित नेपालीको भनाइ रहेको छ।

८ पिडितलाइ न्याए दिलाउन गरिएका प्रयासहरुः

वडा अध्यक्ष ५५ वर्षीय काली बहादुर बुढा र उनका छोरा नविन बुढाले सोही गाउँका विवेन्द्र नेपालीमाथि वडा कार्यालयमै जातीय विभेद गरेको भन्दै पीडितले असार २५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए।

प्रहरीले जातीय विभेदको उजुरी दर्ता गर्न नमानेपछि दलित अधिकारकर्मी र सञ्चारमाध्यमको दबाब पछि झण्डै  २ साता पछि प्रहरीले उजुरी दर्ता गरेको थियो।

उजुरीपछि पक्राउ पुर्जी जारी भएको तीन हप्तापछि  आरोपि मध्ये काली बहादुर बुढाका छोरा नविन बुढालाइ साउन १९ गते उनको घरबाटै  गिरफ्तार गरेको थियो।अर्का आरोपित वडा अध्यक्ष फरार रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी युवनकुमार चौधरीले बताउनुभयो ।

फरार अरोपित  कालो बहादुर बुढा पक्राउ गर्न ढिला सुस्ती गरेको दलित अधिकार कर्मी तथा मानव अधिकार कर्मी पत्रकार हरु बाट चर्को बिरोध भए लगतै वडा अध्यक्ष बुढा जिल्ला अदालत मा हाजिर भएका थिए।

जिल्ला अदालत जुम्लाबाट जातिय बिभेद तथा अमानविय ब्यबहार गर्ने अध्यक्ष र उनका छोरा लाइ २ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश दिए पछि आरोपित  रिहा भउका थिए।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

सिंजा गाउँपालिका ६ निवासी बिबेन्द्र नेपालीलाइ २०७८ साल असार ६ गते फोन मार्फत गाली गलौच तथा अमानविय ब्यबहार गरे पछि स्थानिय दलित अधिकार कर्मी तथा मानब अधिकार कर्मीको चर्को बिरोध पछि  पिडित न्याए पाउन सफल भएका छन।स्थानिय सरकारले दलित मैत्री योजना तथा बजेट मा पहल नगर्ने उल्टै झुटो प्रचार गरेको बिरोध गरेका बिबेन्द्रलाइ जातिय बिभेद तथा  अमानबिय ब्यबहार गरेको उपलब्धी नै दलित सम  समुसमुदायलाइ 

समुदायलाइ योजनाको माग तथा सुचनाको अधिकार प्राप्त भएको छ। पिडितलाइ पटक पटक ज्यान मार्ने धम्की दिने गरेका बुढा ले अहिले स्थानियतहमा  दलित तथा गैर दलितका बिचमा हुने बिभेदमा वकालत गर्ने गरेकाले जातिय बपभेदका घटना न्युनिकरण हुने  तथा आफु हिजो  असुरक्षित महुसुस गरेर जिल्लामा नै बस्दै आएको अहिले स्थानिय गाउमा नै सुरक्षा अनुभुती गरी बसेको नेपाली ले बताए।

जिल्ला रुकुम पश्चिम

घटना नं ७

१ घटनाको प्रकृतीः

 जातिय भेदभाव तथा  ज्यानमार्ने उद्योग

२ घटना स्थलः

 चौरजाहारी नगरपालिका वडा नं ८ सोती गाउँ रुकुम पश्चिम

३घटना पीडितको नामः

नवराज बिक  गणेश बुढा लोकेन्द्र सुनार सन्जु विक गोबिन्द शाही र टिकाराम नेपालीको मृत्यु

४ पिडितको स्थायी ठेगनाः

 भेरी नगरपालिका ४ रानागाउँ जाजरकोट

५ पिडितको संक्षिप्त परिचयः

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का नवराज बिक  गणेश बुढा लोकेन्द्र सुनार सन्जु विक गोबिन्द शाही र टिकाराम नेपाली  नेपाल प्रहरीमा भर्ना भएका तथा भलिबल खेलाडी हुन।

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा ४ स्थायी  निवासी छ जना दलित अधिकार कर्मी तथा युवा अभियान्त पनि हुन। सामान्य परिवारमा जन्मेका उनिहरु का बुबा आमा स्थानिय ज्याला मजदुर गर्दै अध्ययन गरेका उनिहरुको भलिबल क्षेत्रमा राम्रो दखल रहेको थियो।

६ घटनाका पिडक/दोषीः

चौरजहारी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष डम्वर बहादुर मल्ल सहित २३ जना

७ घटना विवरणः

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का नवराज बिक  गणेश बुढा लोकेन्द्र सुनार सन्जु विक गोबिन्द शाही र टिकाराम नेपालीको मृत्यु हुने गरी २०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउमा भएको थियो।

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का नवराज बिक  गणेश बुढा लोकेन्द्र सुनार सन्जु विक गोबिन्द शाही र टिकाराम नेपाली सहित १७ जनाको समुह चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउ निवासी सुस्मा मल्ल लाइ बिबाह गर्ने भनि आएका उनिहरुलाइ  कथित तल्लो जातका युवाले माथिल्लो जातको केटीलाइ बिबाह गर्न आएको भन्दै  सुस्म मल्ललाइ लिन आएका नवराज सहित १७ जनालाइ लखेट्दा ११ जना भाग्न सफल भएको  र नवराज सहित ६ जना लाइ मारेर भेरी नदीमा फालेका थिए। 

८ पिडितलाइ न्याए दिलाउन गरिएका प्रयासहरुः

सोती घटनाको सञ्चार माध्यममा प्रचार भए लगतै जाजरकोट तथा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यलय रकुम पश्चिम तथा जाजरकोट जिल्ला प्रहरी कार्यलय बाट घटना स्थालमा मानव अधिकार सहितको टोली पुगेको थियो।

चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउ निवासी सुस्मा मल्ल लाइ बिबाह गर्ने भनि आएका उनिहरुलाइ  कथित तल्लो जातका युवाले माथिल्लो जातको केटीलाइ बिबाह गर्न आएको भन्दै  सुस्म मल्ललाइ लिन आएका नवराज सहित १७ जनालाइ लखेट्दा ११ जना भाग्न सफल भएको  र नवराज सहित ६ जना लाइ मारेर भेरी नदीमा फालेको घटनाको सत्यतथ्य छानविन गर्न ७७ जेठ ११ गते नै चन्द्र बिकको संयोजक रहेको ९ सदस्यिय समिती गठन गरिएको थियो।

मानव अधिकार तथा नागरिक समाजको चर्को बिरोध पछि  संसदमा चर्को बिरोध तथा उच्च स्तरिय संसदिय समिती गठन गर्ने सरकारलाइ दवाव दिइएको थियो।

संसदमा विरोध भए लगतै सरकारले घटना स्थलको अध्ययन गर्न  अञ्चना  बिसंके प्रकास स्नेही रसाइली मिन बिश्वकर्म सहितको ७ सदस्यिय टोली काठमाडौबाट रुकुम पठाउको थियो।

संसदिय छानविन टोलीको प्रतिबेदनमा नवराव सहित ६ जनालाइ मारेर नै भेरीमा पालेको प्रतिबेदन सार्वजनिक गरेको थियो।

अध्ययन प्रतिबेदनका अनुसार पिडक डम्वर बहादुर मल्ल सहित २३ जना बिरुद्ध जातिय भेदभाव तथा ज्यानमार्ने उद्योगमा जिल्ला अदालत रुकुममा मुद्धा दर्ता गरिएको थियो।

चौरजहारी नगरपालिका– ८ सोतीमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपितमध्ये २३ जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिइएको थियो।

रुकुम जिल्ला अदालतका जिल्ला न्यायधीश बिद्याराज पौडेलको एकल इजलालसले चौरजहारी नगरपालिका– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २३ जनालाई ०७७ असार १० गते पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनु भयो ।

बोहराका अनुसार ३९ वर्षीया महिलालाई १ लाख धरौटी र ३ जना अन्य आरोपितलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको थियो ।

साधारण तारेखमा छुट्ने प्रतिवादीहरूमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द रहेका  थिए।

कारागार चलान हुनेमा वडाध्यक्ष मल्ल सहित डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, १७ वर्षीया बालिका, ४१ वर्षीय पुरुष, तिलक चन्द, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्र भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, विराज पुन मगर, भिमबहादुर पुन, रमित पुन, सर्वजित भन्ने सविन पुन, मोहन पुन, नविनकुमार घर्तिमगर रहेका छन् ।

श्रेष्तेदार बोहराका अनुसार घटनामा संलग्न दुई नावालकलाई ०७७  असार १  गतेको जिल्ला अदालतको आदेशले बालसुधार गृहमा पठाइएको छ ।

घटनाका संलग्न पाँच जना फरार रहेका छन् । फरार हुनेमा चौरजहारी नगरपालिका– ८ का तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भिमबहादुर बुढा रहेका छन् ।

सोती घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकीलको कार्यालयले ०७७ जेठ ३२ गते ३४ जना विरुद्ध अभियोग दर्ता गरेको थियो ।

०७७ असार ३ गते नावालकको बयान पछि बहस गरेर सोही दिन दुवै जनालाई पुर्पक्षका लागि बालसुधार गृह पठाउने आदेश भएको थियो ।

त्यसमध्ये बालिकालाई भक्तपुर पठाइएको छ भने बालकलाई नेपालगञ्जको बालसुधार गृहमा पठाइएको छ ।

वादीको तर्फबाट पाँच जना सरकारी वकील, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट सात गरी ३२ जना वकीलले बहस गरेका थिए ।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का नवराज बिक  गणेश बुढा लोकेन्द्र सुनार सन्जु विक गोबिन्द शाही र टिकाराम नेपाली सहित १७ जनाको समुह चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउ निवासी सुस्मा मल्ल लाइ बिबाह गर्ने भनि आएका उनिहरुलाइ  कथित तल्लो जातका युवाले माथिल्लो जातको केटीलाइ बिबाह गर्न आएको भन्दै  सुस्म मल्ललाइ लिन आएका नवराज सहित १७ जनालाइ लखेट्दा ११ जना भाग्न सफल भएको  र नवराज सहित ६ जना लाइ मारेर भेरी नदीमा फाले पछि घटनाको देश तथा बिदेशमा विरोध भएको थियो । बिरोध पश्चात पिडितलाइ न्याय दिलाउन दलित अधिकार  कर्मी तथा मानव अधिकार कर्मी टोलीले पहल लिदै गर्दा  मृतक लाइ साँस्कृतिक सहिद घोषणा गर्ने दलित आन्दोलन अझै जारी रहेको छ भने सोती घटनाको फैसला अझै हुन सकेको छैन अहिले सच्च अदालत सुर्खेत बाट पुनारावेदन गरिएको छ।

जिल्ला डोल्पा 

घटना नं ८

१ घटनाको प्रकृतीः

जातिय बिभेद तथा छुवाछुत 

२ घटना स्थलः

त्रिपुरासुन्दरी नपा –१ को होटेल

३घटना पीडितको नामः

धनकन्नी सार्की

४ पिडितको स्थायी ठेगनाः

त्रिपुरासुन्दरी नपा –१ को होटेल

५ पिडितको संक्षिप्त परिचयः

३९ वर्षीया धनकन्नी सार्की त्रिपुरासुन्दरी नगरपालिका की  कार्यालय सहयोगी हुन। सामान्य परिवारमा जन्मेकी सार्की स्थानिय तहको घोषणा भए लगतै उनले कार्यलय सहयोगीमा  काम गर्ने अवसर प्राप्त  गरेपछि पारिवारिक ब्यब्थापन तथा वालबालिकाको पढाइ ब्यबस्थापन गर्दै आएकी सार्की एक सामान्य परिवारमा जन्मेकी हुन।

६ घटनाका पिडक/दोषीः

विष्णुमाया शाही

७ घटना विवरणः

जातिय भेदभाव तथा छुवाछुत साउन ३१ गते होटल सञ्चालक बिष्णुमाया शाहीले गरेकी थिइन।

त्रिपुरासुन्दरी नगरपालिकाकी कार्यालय सहयोगी त्रिपुरासुन्दरी नपा –१ की ३९ वर्षीया धनकन्नी सार्कीलाई जातीय होटलकी सञ्चालक ३५ वर्षीया विष्णुमाया शाहीलाई साउन ३१ गते होटेलमा गएको समयमा अछुत किन यता आएको तैले खाएको चिया गिलास आफै माझ भन्दा  होटेलमा किन हामीले चिया पिएको गिलास माझ्ने भन्दा त दलित  अछुत जातले खाएको भाडा आफै माझ भने पछि  शाहीले जातिय बिभेद तथा छुवाछुत जस्तो अमानविय ब्यबहार गरेको सार्कीले बताइन

८ पिडितलाइ न्याए दिलाउन गरिएका प्रयासहरुः

स्थानिय तहमा कार्यलय सहयोगी रहकी धनकन्नी  सार्कीलाइ निजी क्षेत्रमा भएको जातिय  बिभेद बिरुद्ध स्थानिय जनप्रतिनिधी तथा दलित अधिकार कर्मीको दवावमा त्रिपुरासुन्दरी नगरपालिकाकी कार्यालय सहयोगी त्रिपुरासुन्दरी नपा –१ की ३९ वर्षीया धनकन्नी सार्कीलाई जातीय विभेद गरेको आरोपमा होटलकी सञ्चालक ३५ वर्षीया विष्णुमाया शाहीलाई साउन ३२ गते प्रहरीले गिरफ्तार गरेको थियो।आरोपित शाही विरूद्ध पीडितले साउन ३१ गते प्रहरी चौकी त्रिपुराकोटमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको त्रिपुराकोट चौकीका सइ इन्द्रबहादुर राइले धरौटीमा रिहा गरेको थियो।

प्रहरीले जातिय बिभेद तथा छुवाछुत गर्ने शाहीलाइ स्थानिय तहका प्रमुख तथा दलित अधिकार कर्मीको रोहबरमा १० हजार रुपयाँ धरौटी रहित तारिखमा रिहा गरिएको थियो।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

स्थानिय तहका प्रमुख उपप्रमुख तथा दलित अधिकार कर्मी तथा पत्रकार मानव अधिकार कर्मी को पहलमा स्थानिय तहमा कार्यरत कार्यलय सहयोगी धनकन्नी सार्की माथी गरेको जातिय बिभेद तथा छुवाछुत बिरुद्धको अभियानमा प्रहरीको सक्रियतामा दलित समुदायमा दलित समुदाय माथी सार्वजनिक स्थलमा हुने बिभेद न्युनिकरण भएका छन भने जातिय बिभेद गर्ने शाही ले धनकन्नी सार्की लाइ गरेको बिभेद कुसंस्कार भएको भन्दै कुसंस्कार तोड्न निजी तथा सार्वजनिक स्थलमा बिभेद बिरुद्ध खबरदारी गर्ने प्रतिबद्धता जनाए सगै धनकन्नी लाइ नगरपालिका तथा होटलमा आवत जावत गर्न सहजिलो भएको बताइन।

जिल्ला हुम्ला

घटना नं ९

१ घटनाको प्रकृतीः

जातिय बिभेद तथा कुटपिट  

२ घटना स्थलः

खार्पुनाथ गाउँपालिका–२

३घटना पीडितको नामः

४८ वर्षिय गड्के दमाई र २५ वर्षिय राजेन्द्र दमाइ

४ पिडितको स्थायी ठेगनाः

खार्पुनाथ गाउँपालिका–२

५ पिडितको संक्षिप्त परिचयः

खार्पुनाथ गाउपालिका वडा नं २ निवासी ४८ बर्षिय गड्के दमाइ र २५ बर्षिय राजेन्द्र दमाइ स्थानिय ज्याला मजदुरी गर्दै पारिवारिक जोह गर्दै आएका छन। पारिवारिक आर्थिक अबस्था कम्जोर तथा सामाजिक बहिष्करणका कारणले दलित समुदायमा रहेको जातिय बिभेद तथा छोइछिटो बाट अछुत रहेनान दलित समुदाय आफु मानव भयर पनि मानव हुन पाउनु पर्छ भन्ने सोच भएका उनिहरु सामान्य निम्न बर्गिय परिवारमा जन्मेका हुन।बालिघरे पेशाबाट जीवन निर्वाह गर्न नस्कने अबस्थामा रहेका दलित समुदाय दिनानुदिन जातिय बिभेदको सिकार बन्दा उनिहरु खुलेर प्रतिबाद गर्ने गरेकाले बिभेदका मुद्धा मिलापत्र हैन कानुनू उपचार जानु पर्छ भन्ने सोच भएको बताए।

६ घटनाका पिडक/दोषीः

३० वर्षिय लालु रावल, ४० वर्षिय भक्ती रावल, ३० वर्षिय बुद्धी रावल

७ घटना विवरणः

०७६ चैत २८ गते खार्पुनाथ गाउँपालिका–२नजिक को जंगलमा  दाउरा ल्याउन गएको समयमाओखरको हाँगो काटेको निहुमा दुई बाबु छोरालाई ढुंगा, काठ, भाला, दाउराले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरेको।

८ पीडितलाई न्याय दिलाउन गरिएका प्रयासहरू
ओखरको हाँगो काटेको निहुमा दुई बाबु छोरालाई ढुंगा, काठ, भाला, दाउराले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरि गहिरो घाउचोट हुने गरी कुट पिट गरेको विरोधमा स्थानिय दलित अगुवा तथा राजनैतिक दल मानवअधिकार कर्मी पत्रकार ले दलित समुदायको पहलमा  बिभेदको बिरुद्ध ०७६ चैत २८ गते सोही गाउँका ३० वर्षिय लालु रावल, ४० वर्षिय भक्ती रावल, ३० वर्षिय बुद्धी रावल लगायतले डुम भन्दै जातिय विभेद र कुटपिट गरेको ओरोपमा चैत ३० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेका हुन।

स्थानिय राजनैतिक दलका नेता जनप्रतिनिधीको पहलमा प्रहरी हिरासतमा राखी अनुसन्धानमा गरी पिडित पक्षलाइ उपचार खर्च सहित अर्को समयमा जातिय बिभेदका घटनामा सलग्न भएमा काननी कार्वाही थालिने सहमतिमा रिहा गरेको थियो।

९ न्याय प्राप्ती पछि दलित समुदाय र  पिडितमा परेको प्रभावः

खार्पुनाथ गाउँपालिका–२का दलित समुदाय हरु हिजो राज्य पक्षबाट नै असुरक्षा गरेकाले अहिलेको संबिधान को  अधिकार तथा जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध कसुर सजाय ऐन २०६८ लाइ कार्यन्वयन गर्न दलित समुदायमा हुने बिभेद बिरुद्ध खुलेर वकालत गर्ने तथा मिलापत्र हैन कानुनी प्रकिया सम्म पुग्ने गरेको राजेन्द्र दमाइले बताए।

पिडित पक्ष का गड्के दमाइ र राजेन्द्र दमाइ सहित अरु दलित समुदाय स्वतन्त्र रुपमा जातिय बिभेद बिरुद्ध वकालत गर्न सक्ने भएका छन।

सामाजिक-सांस्कृतिक रूपान्तरणमा  दलित सेवा संघले अबलम्मन गर्नु पर्ने  केही आधार


प्रगति/बिकासः  दलित समुदायका पेशा तथा ब्यबसायलाई औद्योगिकीकरण र आधुनिकिरकण जस्ता सामाजिक विकासका प्रक्रियाबाटै परम्परागत समाज आधुनिक समाजमा रूपान्तरण  गर्ने नयाँ अभियान तथा सवाल उठान गर्नु पर्छ ।


विचार एवं सिद्धान्तको प्रयोग : स्वतन्त्रता‚ समानता‚ पहिचान‚ समावेशिता‚ समन्याय‚ मानवअधिकार‚ लोकतन्त्र‚ समाजवाद जस्ता वैचारिक एवं सैद्धान्तिक अवधारणाहरूले समाजमा क्रान्तिकारी परिवर्तन भयो तर यसको संस्थागत परिवर्तन गर्न  समावेशिता तथा आसन्न निर्वाचनमा दलित प्रतिनिधित्व शुनिश्चित गर्न पहल गर्नु पर्ने।


सामाजिक आन्दोलनः संस्थागत सामाजिक नियमको सहारा लिएर व्यक्तिले व्यवस्थित आन्दोलनको माध्यमबाट कुनैपनि परम्परागत व्यवस्थाको बदल्न सक्छ त्यसैले सामाजिक तथा साँस्कृतिक रुपमा दलित समुदायमा हुने सबै प्रकारका बिभेदको दस्ताबेज हैन बिद्रोह गर्न सक्ने सशक्त संगठन निर्माण गर्न पहल गर्नु पर्ने।


शिक्षाको विकाशः दलित समुदायमा रहेको निरक्षरता कम गर्न सबै बालबालिकालाई निशुल्क तथा अनिवार्य शिक्षाको पैरवी गर्दै दलित समुदायका हक र अधिकार सहितको छुटै पाठ्यपुस्क निर्माणमा दबाब तथा शिक्षण सिकाइ हुने व्यवस्था कार्यान्वयन गर्न स्थानीय  सरकार प्रदेश तथा संघिय सरकारमा दबाब सृजना गर्ने। 

पेशा र शिक्षाः शिक्षालाई ब्यबहारिक बनाउने दलित समुदायको पेशा तथा ब्यबसायको छुटै पाठ्यक्रम बिकास र दलित समुदायका पेशा तथा ब्यबसायलाइ श्रम ऐन तथा प्राविधिक शिक्षालयमा पठन पाठन हुने व्यवस्था गर्न दवाव सृजना

सूचना प्रविधिको विकाशः वर्तमान युग प्रविधिको युग हो । प्रविधिले मानवीय सम्बन्धलाई नयाँ उचाइबाट विकास गरेको छ । हिजोका जटिल सामाजिक सम्बन्धहरू आज सरल‚ सहज भएका छन् । विश्व एउटा गाउँ भएको छ । त्यसैले दलित समुदायमा हुने सबैखाले बिभेद बिरुद्द्ध दलित समुदायको लागि एकीकृत सुचना प्रणाली बिकास गर्न तथा  सामाजिक सञ्जाललाई बिभेद बिरुद्ध प्रयेग गर्न व्यक्तिसँग सँगै समाजको मुभमेन्ट बोकी रहने खालको प्रविधि विकास गर्ने।


राजनीतिक जागरणः राजनीतिक जागरणले अधिकार प्राप्ति‚ आफ्नो हकहित, पहिचान‚ जनसहभागिता, जातीय तथा सामुदायिक हित एवं संरक्षणका विषय‚ लोकतन्त्र‚ मानवअधिकार‚ समानता‚ शोषण‚ दमन र विभेदबाट उन्मुक्ति जस्ता विषयलाई उठाइ सामाजिक रूपान्तरण गर्न ठुलो योगदान गरेको छ । त्यसैले समावेशिता, समविकास र सामजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको बहसलाई जागृत गर्ने।


सांस्कृतिक प्रभावः नवीन सोच‚ संस्कार र संरचनाको विकास मार्फत पुराना सामाजिक भेदभाव क्रमशः विघटन हुने क्रममा छन् । यसले सामाजिक अन्तरघुलनलाई सहज बनाएको छ । सामाजिक-सांस्कृतिक मूल्य मान्यता‚ रीतिरिवाज‚ चालचलन‚ रहनसहन प्रगतिशील हुँदै गएको छ । यो समयमा दलित सेवा संघ मार्फत सहभोज जस्ता कार्यक्रमलाइ निरन्तरता दिने।


सचेतनाः राजनीतिक चेतनाको परिवर्तनले सचेत नागरिक समाज विरोधी‚ मानवीयता विरोधी कार्यको खुलेर विरोध गर्न सक्षम भएको छ । यस्ता अभियानमा लागेका दलित अधिकार कर्मी राजनितीकर्मी तथा मानव अधिकारकर्मी संघ समन्वय तथा त्यस्ता संगठनमा दलित समुदायको प्रतिनिधित्व स्थापित गर्ने। ताकि आफ्नो अधिकार माग्न‚ अन्यायको विरुद्धमा आवाज उठाउन सकुन ।


क्रान्तिः ठुलाठुला राजनीतिक परिवर्तन‚ आर्थिक-सामाजिक रूपान्तरण‚ सांस्कृतिक रूपान्तरणमा क्रान्तिले गुणात्मक फड्को मारेको पाइन्छ । पुरानो सामाजिक संरचनालाई भत्काइ नयाँ निर्माण गर्ने‚ शासकीय प्रणाली बदल्ने एवं समाजको व्यापक र आमूल परिवर्तन गर्ने मुख्य अधार दलित समुदायमा स्थापित गर्न पहल गर्ने।

बसाइसँराइः गरिबी‚ भोकमरी‚ जटिल भूगोल‚ कठिन जीवनयापन‚ अन्धविश्वास‚ विभेद जस्ता अवस्थाहरूबाट मुक्त हुन दलित समुदाय आज एक ठाउँ बाट अर्को ठाउमा बसाइसराइ हुन बाद्य छन । यसैगरी शिक्षा‚ स्वास्थ्य‚ रोजगार, आवास, आय आर्जन, लगानी र नयाँ ठाउँमा जाने चाहनाको उपज बिभेद नै भएकाले रैथाने बस्ती र समुदायको सुरक्षा गर्ने खालका कार्यक्रम तथा अभियान सञ्चालन गर्नु दलित सेवा संघको दायित्व रहन्छ।


वातावरणः भौगोलिक सुगमता‚ ऐतिहासिक सह-सम्बन्ध‚ सांस्कृतिक निकटता र आर्थिक पक्षको कारणले मानवीय सम्बन्धहरूमा उतारचढाव हुने गर्दछ । वातावरणीय आधारमा टेकेर यथास्थितिवादी मनोविज्ञान वा हिजोको निरन्तरताबाट समाज सचेततापूर्वक अगाडी रूपान्तरण  गर्न सहज हुने वातावरण तथा निर्माण गर्न दलित समुदायको सञ्जाल तथा संगठन निर्माण गर्ने वातारण तय गर्ने।


विश्वव्यापीकरणः प्रविधिको विकाशसँगै विश्वव्यापीकरणले सामाजिक सम्बन्ध‚ सेवा‚ व्यवहार‚ क्रियाकलापलाई अन्तराष्ट्रियकरण गरिरहेको छ यसबाट हुनु मुनाफा दलित समुदायमा जाने खालको वातावरण बिकास गरी दलित समुदायबाट उत्पादन गरिने बस्तु बिश्वब्यापीकरण गर्न संस्थाले पहल गर्नु पर्छ।


औद्योगिकरणः औद्योगिकरणसँगसँगै उत्पादन‚ उत्पादन प्रणाली‚ उत्पादकत्व‚ उत्पादन सम्बन्धहरू परिवर्तन भएका छन् । पुँजीको विकाससँगै दलित समुदायको आर्थिक हैसियत बदल्ने उद्योग लाइ औद्योगीकरण गर्न सरकार तथा दातृ निकाय संग पहल  गर्ने ।
आधुनिकीकरणः आधुनिकीकरणले मानवीय सम्बन्धलाई नयाँ ढङ्गबाट परिभाषित गरेको छ । परिवार‚ निजी सम्पत्ति र समाजको संरचनामा परिवर्तन गर्न पुराना कु संस्कृतिहरू तिरस्कार लाइ बदल्न दलित समुदायलाई शिक्षा राजनीति रोजगार व्यवसायीक उत्पादन तथा नेतृत्वमा जाने खालको अभियान तथा पैरवी गर्ने।

संस्थागत वैधता  तथा कानुनी रूपमै सुधार तथा परिवर्तन गरी दलित समुदायको आवश्यकता र मागलाई सम्बोधन गर्न पहल गर्ने।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता