राजनैतिक बिद्राेह गर्न अपिल गर्दै  नेपालीले गरे उम्मेदवारी  घाेषणा

राजनैतिक बिद्राेह गर्न अपिल गर्दै नेपालीले गरे उम्मेदवारी घाेषणा

भाद्र ७ सुर्खेत

राजनैतिक बिद्राेह गर्न अपिल गर्दै महेन्द्र नेपालीले उम्मेदवारी घाेषणा गरेका छन।

विज्ञापन

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकाे तयारी भएसँगै सुर्खेत क्षेत्र नम्बर १ ख को प्रदेश सभामा महेन्द्र नेपालीले उम्मेदवारी घोषणा गरेका हुन।

मंसिर ४ को चुनावमा अन्य दलका उम्मेदवारी चर्चा परिचर्चा सूरु हुँदै गर्दा सामाजिक अभियान्ता नेपालीले राजनैतिक बिद्राेहकाे अपिल गर्दै स्वतन्त्र रुपमा प्रदेश सभाका लागि उम्मेदवारी घोषणा गरेका छन।

नेपाली जात ब्यबस्थाकाे एक अध्ययता नेपालीले राजनैतिक चेतनाकाे बिकासबाट नै हाल सम्म पुराना साेच तथा संक्रिन मानसिकताबाट सञ्चालित नेता र दलकाे कारण सिमान्तकृत समुदाय महिला दलित अल्पसंख्यक समुदाय नत नेता बन्न सके नत नेतृत्वमा पुग्न सके त्यसका लागि सत्ता सरकार र पार्टी नेतृत्वमा कायम रहेकाे पृतिसत्ता बाद साेचलाइ ढाल्न अबकाे बिकल्प नै राजनैतिक बिद्राेह भएकाले सम्पुर्ण मुक्तिकामी जनता एक भइ निर्वाचनमा भाेट दिन आग्रह गरेका छन।

जात ब्यबस्थालाइ बलियाे बनाउने मुल आधार जात ब्यबस्था नै भएकाले जातब्यबस्थाले श्रमजिवी श्रमिक बर्गकाे नेतृत्व कहिलै स्वीकार नगर्नु तिथाे यथार्थ नै ६५ प्रतिशत भुगाेल र जनसंख्या भएकाे अल्पसंख्यक दलित जनजाति समुदाय मधेशीले यसका बिषयमा राजनैतिक चिन्तन गरेर मात्र नभइ राजनैतिक बिद्राेह बाट नै सफल हुने बताएका छन।

गत शनिबारदेखि सुर्खेत क्षेत्र नम्बर १ ख बाट प्रदेश सभामा आफूले उम्मेदवारी घोषणा गरेको नेपालीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी सार्वजनिक गरेका थिए ।

आईतबारदेखि प्रदेश ख को उम्मेदवारीका लागि आफ्ना एजेण्डा, घोषणा पत्र लिएर घरदैलो, प्रचार प्रसार सूरु गरेकाे नेपालीले बताएका छन।

विगत १५ बर्षदेखि सुर्खेत र कर्णाली प्रदेश भित्र सामाजिक न्यायका लागि अभियानमा सक्रिय नेपालीले आफूले जनताका ससाना एजेण्डा, मुद्धा लिएर चुनावमा होमिएको दावी गरेका छन।

अन्य प्रदेश भन्दा कर्णाली प्रदेश जातका आधारमा बिभेद गर्ने प्रदेशकाे रुपमा अग्रस्थानमा रहेकाले कर्णालीका राजनैतिक दलबाट यसकाे सामाधान भन्दा असमान बिभेद हुने तिथाे यथार्थ नवराज बिक हत्याले नै पुष्टि गरेकाे दावी गरेका नेपाली लेकबेशी नगरपालिका वडा नं ६ स्थायी निवासी हुन ।

हेर्नुहाेस नेपालीकाे अपिलकाे पुर्णपाठ

नेपाली राजनीतिको अदूरदर्शिता, अर्कमण्यता र देश–जनतालाई केन्द्रमा राखेर राज्यसञ्चालन नहुँदा गम्भीर आर्थिक संकटमा फसेको विदितै छ । समग्र मुलुक आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको छ ।

देशको अर्थतन्त्र नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्सको भरमा चलेको छ । उद्योगधन्दा, कलकारखाना र उद्यमशिलताको विकास नभएकोले गर्दा दैनिक करिब १४ सय श्रमशक्ति विदेश उड्न बाध्य छन् ।

यस्तो अवस्थाले नेपाली समाजमा विभिन्न प्रकारका थुप्रै खाले सामाजिक विचलन, विकृति, विसङ्गति र मानसकि समस्याले ग्रसित भइरहेको छ । यस्ता राष्ट्रिय समस्याहरुलाई राजनीतिक नेतृत्वले दीर्घकालिन समाधान खोज्नुको बदला सत्तास्वार्थ र मोजमस्तिमै लिप्त हुनु दुखद कुरा हो ।राज्यसञ्चालनमा अनुशासन, पारदर्शिता, मितव्ययी र सदाचार नहुँदा नयाँ राज्यसंरचना बोझिलो बन्दै गइरहेको छ ।

आम जनताको जीवनस्तरमा परिवर्तन आउनुको साटो दिनप्रतिदिन थप कष्टकर बन्दै संङ्कटग्रस्त अवस्थामा गुज्रिरहेको छ । अहिले प्रत्येक नेपालीको टाउकोमा ६८ हजार ऋणको भार बोक्नु परेको छ । राजनीतिक दलहरुले आजसम्म जनतालाई सपना मात्रै बाँडेर, जालझेल गर्दै सत्तामा गएर लुट मच्चाइरहेका छन् ।

तर जनतासँग गरेको वाचा भुल्ने चक्रिय राजनीति आजसम्म जारी रहेको छ । नेपाललाई नेपाल जस्तै बनाउन छोडेर सिङ्गापुर, हङ्कङ, अमेरिका, अष्टे«लिया बनाउँछौ भन्दै कोरा सपना बाँडेर सत्तामा उक्लिने भर्याङ बनाउने गरेका छन् ।

अशिक्षा, बेरोजगारी र जनचेतनाको अभावमा जनभावनामा खेलेर आजसम्म भोटको राजनीति हाबी भएको प्रष्टै छ । राजनीतिक दल, तिनका नेतृत्वलाई राम्रोसँग बुझेर अहिलेसम्म विवेकको मत प्रयोग हुनसकेको छैन ।

देशभक्ति, राष्ट्रभक्ति सँगसँगै जनताको आधारभूत आवश्यकताको सहज सेवा प्रदान आजसम्म भएको देखिँदैन । अर्थात् जनताको आधारभूत सेवा गाँस, बास, कपास, शिक्षा, रोजगार, औषधोपचार, न्याय, मानवअधिकार, शान्ति र सुरक्षाको प्रत्याभूतिका साथै सुनिश्चितता राजनीतिक दलहरुबाट भएको छैन ।

०४६ साल यता प्रजातन्त्रको ३३ वर्ष पार हुँदासम्म उही पुरानै पात्र र प्रवृत्ति सत्तामा दोहोरिँदै आइरहेका छन् । शासनप्रणाली दश–दश वर्षमा फेरिए तापनि राज्यसञ्चालनमा पात्र फेरिएका छैनन् ।

त्यसैले नेपालको शासनप्रणालीमा तात्विक भिन्नता देख्न पाइएको छैन । नेपालका राजनीतिक दलहरुको एउटै उदेश्य जस्तोसुकै काम, कर्म गरेर भए तापनि सत्ताका लागि सत्ता मात्रै रहेको पाइन्छ ।

शासनप्रणाली प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र समेत सीमित वर्गका लागि मात्रै लुटको स्वर्ग बनेको छ । आम भुइँ मान्छे, गरिब, मजदूर, किसान, महिलाहरुका साथै पछाडि पारिएका वर्ग र समुदायका लागि जुनसुकै तन्त्रले जीवन परिवर्तन गर्न सकेको छैन ।

आदरनीय कर्णाली प्रदेशवासी आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु


तपाईहरुलाई म स्वतन्त्र उम्मेद्धवारको हैसियतले धेरै गर्न नसकुँला तर मेरो सुशासन, सदाचार, भष्ट्राचारप्रति निर्मम ढंङ्गले संसदमा प्रस्तूत हुनेछु । सदाचारीलाई पुरष्कृत, भष्ट्राचारीलाई दण्डित गरिनुपर्ने माग जोडदार रुपमा राख्नेछु ।

प्रदेश भित्रै उद्योगधन्दा, कलकारखान खोली श्रमशक्तिलाई रोजगारी दिने व्यस्थालाई जोड दिनेछु । समाजका रहेका कुरीति, कुसँस्कार, अन्धविश्वास तथा सामाजिक असमानतलाई वैज्ञानिक शिक्षा मार्फत निर्मूलीकरण गर्न पहल गर्नेछु ।

नवप्रर्वत र उद्यमशीलताको विकास मार्फत अध्ययनका साथै आविष्कारमा जोड दिन पहल गर्नेछु । म आफै भष्ट्रचार नगर्ने र अरुलाई समेत गर्न नदिने प्रतिवद्धता व्यक्त गर्दछु ।
समाजमा समानता, मानवता, भातृत्व, प्रेम, भाइचारा, शान्ति तथा मेलमिलापको वातावरण सिर्जनका लागि टोल–टोलमा सामूहिक समूहलाई परिचालन गर्नेछु ।

सामाजिक तथा पारिवारिक विचलनको रुपमा रहेको लागूपदार्थ, दुव्र्यसनी लगायत कुलतमा फसेकाहरुलाई बृहत् आयआर्जनमूलक कार्यक्रम सञ्चालनमा ल्याउनेछु । मेरो प्रदेश समृद्धिको आधारका लागि आफ्नो निर्वाचन क्षेत्रबाटै थालनी गर्नको लागि मेरा लागि यहाँहरुको प्रत्येक भोट मूल्यवान रहेको छ ।
त्यसका लागि हरेक भोट मूल्यवान भन्ने सिद्धान्तलाई ध्यानमा राखेर यसपटक मलाई अत्याधिक बहुमत सहित निर्वाचित गराई दिनुहुनको लागि अपिलका साथै विनम्रतावूर्वक आब्हान गर्दछु ।

अरुलाई पटक–पटक हेर्नुभयो, यसपटक महेन्द्रलाई हेर्नको लागि आफ्नो अमूल्य मत दिनुभइ सेवा गर्ने मौका दिनुहुन्छ भन्ने पूर्ण आशा, भरोसा र विश्वास लिइएको छु ।

आदरनीय कर्नाली प्रदेशवासी आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु,


समृद्ध प्रदेश तथा सुनौलो भविष्यका लागि आफ्नो अमूल्य मताधिकारको प्रयोग सही पात्र र नेतृत्वलाई दिनको लागि सही समयमा सही निर्णय लिन आवश्यक छ ।

मेरो निर्वाचन क्षेत्रका आम जनता सचेत तथा सचेत गराउनको लागि यस निर्वाचनमा स्वतन्त्र उम्मेद्धवार महेन्द्र नेपालीलाई अत्याधिक बहुमतले विजयी गराउनको लागि सादर अनुरोध एवम् अपिल गर्दछु । धन्यवाद ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता