कर्णालीम जातिय उत्पिडनका विरुद्ध तिन महिने अभियान सञ्चालन गर्ने माेर्चाकाे निर्णय

कर्णालीम जातिय उत्पिडनका विरुद्ध तिन महिने अभियान सञ्चालन गर्ने माेर्चाकाे निर्णय

श्रावन २८ सुर्खेत

नेपाल दलित मुक्तिमाेर्चा कर्णाली प्रदेश समितीकाे चाैथाे पुर्ण बैठकबाट कर्णाली प्रदेशमा हुने जातिय उत्पिडनका बिरुद्ध तिन महिने अभियान सञ्चालन गर्ने निर्णाय गरेकाे छ।

विज्ञापन

प्रदेश समितीकाे गत श्रावन २७ र २८ गते सञ्चालन भएकाे चाैथाे पुर्ण बैठकबाट प्रदेशमा भएका जातिय बिभेदका घटनाले माेर्चाले संबिधान र त्यसबाट बनेका ऐन बिरुद्ध मानव अधिकार बिराेधी अपराध भएकाे ठहर गर्दै यसका बिरुद्ध तिन महिने अभियान सञ्चालन गर्न लागेकाे केन्द्रिय सदस्य बिष्णु बहादुर बिकले बताए।

उनले भने माओबादी आन्दाेलनबाट प्राप्त उत्पिडित समुदायका हक अधिकार संबिधानमा दर्ज भए तर यसकाे कार्यान्वयनमा प्रदेश सरकार र स्थानिय सरकारले कुनै चासाे नदिएकाले यसका लागी माेर्चाले जातिय उत्पिडन बिरुद्धका अभियान सञ्चाालन गरी खबरदारी गर्नु पर्ने बताए।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य सिता नेपालीले कर्णालीमा हुने जातिय उत्पिडन र बिभेदले जनयुद्धकाे परिवर्तनलाइ नै उल्ट्याउने लागेकाले यसबारे माेर्चा सजक बन्नु पर्ने सुझाइन।

कर्णालीमा हुने मानता बिराेधी घटना जातका आधारमा हुदा सम्पन्न स्थानिय तह निर्वाचनमा दलित समुदाय पराजित हुने मुख्य कारण भएकाे बताइन। सामाजिक अपराधका रुपमा रहेकाे जातिय बिभेदलाई संबिधानबामा नै दण्डित हुने गरी धारा २४ र धारा ४० मा दलित समुदायकाे आत्मसम्मान सहित सामाजिक न्यायका लागी जातिय छुवाछुत कसुर सजाए ऐन २०६८ ल्याएकाे र यसकाे कार्यान्वयन गर्ने निकाय नै दलित बिराेधी भएकाले कार्यान्वयनमा थप चुनाैति भएकाे बताइन।

कर्णाली प्रदेश सरकारले जातिय बिभेद तथा छुवाछुत लाइ प्रदेश सरकारबाट हल गर्न दलित सशक्तिकरण बिधेयक ल्याउन लागेकाे र दलित ऐेन ल्याउन ठुलाे भुमिका खेले पनि ऐेनमा लेखिएकाे भन्दा फरक संशाेधन सहित पारित हुन लागेकाले दाँत नङ्ग्रा निकालेर आएकाे ऐनले दलितकाे आत्मसम्मानमा घात हुने जिकिर गरिन।

त्यस्तै पार्टी अध्यक्ष बिमला केसीले स्थानिय तह निर्वाचनमा पार्टीका उम्मेरदवार माथी नै अपमान हुने गरी गरेका जातिय बिभेदका श्रृखला बद्ध जातिय बिभेदका घटना प्रति पार्टीकाे गम्भिर ध्यानार्षकण भएकाे बताइन।

उनले भनिन माओबादी पार्टीकाे ठुलाे कुर्वानीले दलित महिला जनजाति मधेशी तथा अल्प शंख्यककाे अधिकार प्राप्त भएकाे र यसकाे रक्षा गर्न सबै उत्पिडित समुदाय माओबादी पार्टीमा गाेलबन्द गराउन सबै तहबाट माओबादीका अबयहरु चलायमान हुनु पर्ने बताइन ।

ब्यबस्था रहे दलित महिला जनजाति मधेशी र अल्पसंख्यकाे अधिकार प्राप्त हुने यदि ब्यबस्था नरहे दलित जनजाति महिला मधेशी अल्पसंख्यकले ठुलाे दुःख पाउने बताइन।

यसका लागी ब्यबस्था बचाउन संघ र प्रदेशकाे यही मंसिर ४ गते हुने निर्वाचनमा माओबादीलाइ निर्धक्क भएर भाेट गर्न दलित समुदायलाइ एकताबद्ध रुपमा जाेडन माेर्चाकाे ठुलाे भुमिका रहेने बताइन।

माेर्चाका प्रदेश इन्चार्ज राताे कामीले संगठनले नै शक्ति पैदा गर्ने भएकाले अबकाे अभियान धारा २४ धारा ४० र २५५ काे रक्षा गर्दै ब्यबस्था जाेगाउन अभियान थाल्न बताए।

दुइ दिन सम्म सञ्चालन भएकाे बैठकमा पार्टीका पाेल्युटब्युराे सदस्य महेन्द्र बहादुर शाही काे बिशेष उपस्थिती तथा संयाेजक पार्वती बिकककाे अध्यक्षतामा सम्पन्न बैठकले स्थानिय तह निर्वाचनमा निर्वाचित सदस्यहरुलाइ सम्मान गर्दै दार्मा गाउँपालिकामा दलितकाे अबस्था बारे लिखित पुस्तक बिमाेचन गरिएकाे थियाे।

बैठकबाट सार्बजनिक गरिएका निर्णय हरु

१ कर्णालीका ७९ स्थानिय तहमा पालिका इन्चार्जकाे जिम्मेवारी ताेकिएकाे छ।

२ अमर सहिद प्रतिष्ठान स्थापना गर्ने

३ कर्णाली प्रदेशका १० जिल्लामा १ महिना भित्र भेला प्रशिक्षण सम्पन्न गर्ने ।

सल्यान भाद्र ५ गते

हुम्ला भाद्र ८

सुर्खेत भाद्र १०

दैलेख भाद्र १२

जुम्ला भाद्र १६

कालिकाेट भाद्र १८

मुगु भाद्र २०

जाजरकाेट २३ गते

रुकुम पश्चिम २४

डाेल्पा २७

४ जातिय बिभेद बिरुद्ध एक महिने अभियान सञ्चालन गर्ने ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता