अमेरीकाको सरकारी विद्यालयमा डा. विष्णुमाया परियारको बारेमा पढाइने

अमेरीकाको सरकारी विद्यालयमा डा. विष्णुमाया परियारको बारेमा पढाइने

श्रावन १७ सल्यान

अमेरिकाको मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा अमेरिका निवासी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ ।

उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा परियारकाे बारेमा पाठ समावेश गरिएको हाे ।

विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको च्याप्टरमा परियारको बारेमा तयार पारिएको बृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको छ ।

भिडियो र स्लाइड शोको माध्यमबाट पढाइने उक्त पाठमा परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने ८ वटा स्लाइडहरु समेत समावेश गरिएको छ ।

यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयहरुमा उपलब्ध रहेको छ भने आगामी बर्षदेखि राज्यका धेरै विद्यालयहरुमा लागु गरिदैछ ।

संयुक्त राष्ट्रसंघको सतत विकाश लक्ष्यको १० नम्बरमा रहेको असमानता हटाउने विषयमा पाठ लक्ष्यीत गरिएको छ ।

पाठको सुरुमा अमेरिकाको चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कबारे उद्दृत गर्दै असमानताबारे भिडियोमार्फत बुझाएपछि विद्यार्थीहरुलाई डा. विष्णुमाया परियारबारेको भिडियो देखाइनेछ ।

पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ भने डा. विष्णुमाया परियारबाट स्थापित एड्वान जातीय प्रणालीबाट सिर्जित समस्यालाई सम्बोधन गर्न कसरी काम गरिरहेको छ भन्नेबारे समेत कक्षामा छलफल गरिनेछ ।

अछुतता र शतत विकाश लक्ष्य १० नामको उक्त पाठमा डा. विष्णुमाया परियारका बारेमा पढाइनेछ भने त्यसलाई जातीय प्रणाली र राष्ट्रसंघको शतत विकाश लक्ष्यसँग जोड्ने प्रयास गरिएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता