सामुदायिक बिद्यालयमा अध्ययनरत बाेहरा २०७८काे माद्यामिक शिक्षा परिक्षामा जिल्लाकै पहिलाे

सामुदायिक बिद्यालयमा अध्ययनरत बाेहरा २०७८काे माद्यामिक शिक्षा परिक्षामा जिल्लाकै पहिलाे

श्रावन १३ सल्यान

सल्यानकाे एक सामुदायिक बिद्यालयमा अध्ययनरत छात्रा अस्मिता बाेहरा २०७८ काे माद्यामिक शिक्षा परिक्षामा जिल्लाकै पहिलाे भएकी छिन ।

विज्ञापन

जिल्लाको सिद्ध कुमाख गाउँपािलका ३ स्थित निराजन माध्यमिक विद्यालयमा अध्ययनरत बोहराले बुधबार प्रकाशित २०७८ सालको माध्यमिक शिक्षा परीक्षा जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेकी हुन् ।

सल्यानमा ३.८४ जीपीए ल्याउने उनी पहिलो परीक्षार्थी हुन्।

२०७८ सालको एसईईमा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी भएकोमा सल्यानबाट ४ हजार नौ सय ७२ मध्ये ४ हजार ७ सय ३ जना सहभागी भएका थिए। जसमध्ये साधारणतर्फ ४ हजार ४ सय ३३ जना र प्राविधिकतर्फ २७० जनाले एसईई दिएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सल्यानमा १७ जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएका छन् ।

बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा सल्यानमा साधारण तर्फ १६ जना र प्राविधिक तर्फ १ जना समेत १७ जनाले ३ दशमलव ६ देखि ३ दशमलव ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका सुचना अधिकारी (प्राविधिक सहायक) कपिल कुमार जोशीले सल्यानन्युज लाई बताए ।

सुचना अधिकारी जोशीका अनुसार साधारणतर्फ ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या  ८० रहेकाे छ । त्यस्तै २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या ३ सय रहेकाे छ ।

त्यसैगरी २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या ९ सय ६ रहेकाे छ भने २ दशमलव देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या १ हजार ५ सय १४ रहेकाे छ । त्यस्तै १ दशमलव ६ देखि २ जीपीए ल्याउनेको संख्या १ हजार २ सय ७ रहेका छन् भने शुन्य देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४ सय १० रहेकाे छ ।

यसैगरी प्राविधिक तर्फ ३ दशमलव ६ देखि ४ जीपीए ल्याउनेमा १ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीएमा १६ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जीपीएमा ४५ जना, २ दशमलव ४ देखि २ दशमलव ८ जीपीएमा १३५ जना, २ दशमलव देखि २ दशमलव ८ जीपीएमा ६४ जना, १ दशमलव ६ देखि २ जीपीएमा ९ जना र शुन्य देखि १ दशमलव ६ जीपीए ल्याउनेमा शुन्य रहेकाे सुचना अधिकारी जाेसीले बताए ।

जिल्ला कै उत्कृष्ट बनेर ३ दशमलव ८४ जीपीए ल्याएकी बोहरा प्राविधिक धार तर्फ अध्ययनरत हुन् । त्यस्तै साधारण तर्फका अन्य दुइजनाले ३ दशमलव ८ जीपीए ल्याएर जिल्लाका अब्बल भएका छन् । तिन जना मध्ये उत्कृष्ट पहिलो बन्न सफल निराजन माबि सिद्ध कुमाख कि अस्मिता बोहरा सिम्बोल नम्बर का आधार मा आफुहरुले पत्ता लगाएको र अन्य दुई जनाको पनि हेरिरहेको सुचना अधिकारी जोशीको भनाइ छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता