प्रेस युनियनको समावेशी सचिवमा ददेलकाे उम्मेदवारी

प्रेस युनियनको समावेशी सचिवमा ददेलकाे उम्मेदवारी

असार ३१ सल्यान ।

यही साउन ६ र ७ गते हुने नेपाल प्रेस युनियनको महाधिवेशनमा रुकुमबाट प्रवीर ददेल समावेशी सचिवमा उम्मेदवारी दिने घाेषणा गर्नु भएकाे छ ।

डेढदशक देखि पत्रकारितामा सक्रिय रहनु भएका ददेलले सम्पूर्ण प्रेस युनियनका महाधिवेशन प्रतिनिधिहरुलाई सहयोग गर्न अपिल समेत गर्नु भएकाे छ ।

पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकार ददेलले पत्रकारहरुको हकहितको पक्षमा समेत आवाज उठाउँदै आइरहनुभएको छ ।

आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गर्नु भएका ददेल रुकुमबाट प्रकाशन हुने रेखदेख राष्ट्रिय साप्ताहिक तथा रेखदेख डटकमकाे प्रधान सम्पादक हुनुहुन्छ ।

भने रुकुमबाट अभियान दैनिक, हिमाल खबर पत्रिका र न्युज 24 मा रिपोर्टिङ गरेकाे अनुभव रहेकाे छ ।

ददेल नेपाल राष्ट्रिय दलित पत्रकार सघकाे केन्द्रीय सदस्य र नेपाल पत्रकार महासंघकाे केन्द्रीय परिषद सदस्य हुनुहुन्छ ।

उक्त महाधिवेशनमा देशैभरिका १ हजार ६ सय ५० भन्दा बढी केन्द्रीय प्रतिनिधिहरु सहभागी हुनेछ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता