ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
स्वर्गिय सुनारको तेस्रो  बार्षिकी एकै साथ देशभरी श्रद्धाञ्जली कार्यक्रम आयोजना

स्वर्गिय सुनारको तेस्रो  बार्षिकी एकै साथ देशभरी श्रद्धाञ्जली कार्यक्रम आयोजना

(काे हुन रेशम सुनार जीबनी सहित)  

सस्थागत परिवार र घर परिवार दुई परिवार छ भन्ने बुझाइले संस्थालाई पुर्व मेची देखि पश्चिम महाकाली सम्म  दलित मुक्तीका लागि साँस्कृतिक अभियानको नेतृत्व गरेका थिए। स्वर्गिय सुनारले दलित अभियानलाई नेपाल सगै बिदेशका ६ वटा देशमा अभियान चलाउनु भएको थियो।

विज्ञापन

सल्यान असार ९

स्वर्गिय रेशम बहादुर सुनारको जन्म बि स  २०२८ साल जेठ ४ गते सल्यान जिल्लाको हिवल्चा गा वि स हाल शारदा नगरपालिका वडा नं १० खैराबाङ्गमा भएको हो।

दलित अधिकारकर्मी सुनार दलित अभियानकै शिलशिलामा स परिवार सहित कोहलपुरमा बसाइ सारेका उहाँले माध्यामिक तह सम्मको पढाई सल्यानको त्रिभुवन जनता मा वि लुहिपङबाट पुरा गरेका सुनारले उच्च शिक्षा नेपाल कमर्श क्याम्पस मिन भवनबाट  पुरा गर्नु भएको थियो।

मध्यम बर्गिय  परिवारमा जन्मिएका सुनारले बैचारिक रुपमा माथी उठेका कारण उनि सामाजिक आन्दोलनमा जोडिए।पेशाले रजिष्ट्रर्ड लेखापरिक्षक, संग अन्तरघुलन हुन सक्ने स्वभाव र बिचारमा प्रस्ट काममा प्रतिबद्ध लगनशिलता र शहनशिलता र धैर्ये नै उहाँका प्रमुख बिशेषाता थिए।

अरुको बिचारको सम्मान गर्ने स्वभावले प्राय अधिकांशले आफ्ना समस्या खुलस्त राख्ने गर्दथे।सहयोगी र समाजसेवी भावना उहाँको प्रमुख एक महत्वपुर्ण बिशेषता हो।

दुखमा परेकालाई सक्दो सहयो गर्ने सधै तयार हुने उहाँ संग सहयोगी मनका कारणले रिस घमण्ड ईर्स्या  भन्ने केही थाहा हुदैन्थ्यो।

२०५० सालमा हासिल गर्न काठमाडौ आएका सुनार अध्ययन सगै दलित सेवा संघको स्थापना काल देखि नै  समाजिक न्यायका लागि दलित आन्दोलनमा सक्रिय रुपमा  लागेका उहाँ दलित सेवा संघको केन्द्रिय सदस्य हुदै केन्द्रिय कोषाध्यक्षको रुपमा काम गर्नु भएको थियो।

दलित समुदायको अधिकार स्थापित गर्नकोलागि जनतालाई सशक्तकरण गर्नु दलित समुदायमाथी भएका अन्याय र दलनका बिरुद्ध निरन्तर वकालत गरिरहनु पर्दछ भन्ने दृढ आत्मबिस्वास थियो  उहाँ संग।

संस्थागत जिवन संस्थागत विकासका लागि उहाँको योगदान अतुलनीय छ।

दलित सेवा संघले२०६७ सालमा बाँके जिल्लाको कोहलपुरमा रेडियो प्रतिबोध एफ एम सञ्चालनमा ल्याउदा उहाँको महत्वपुर्ण योगदान रहेको छ। रेडियो प्रतिबोधबाट दलित महिला किसानका सवालहरुका साथै सुशासनका सवालमा मिडिया मार्फत जागरण बढाउन योगदान पुगेको छ।

संस्थागत दिगो बिकास र अधिकार प्राप्तीका लागी निरन्तर अभियान सञ्चालन गर्न आर्थिक रुपमा दलित सेवा  संघ जिल्ला शाखाहरु सक्षम भई निरन्तर रुपमा रहेने वातावरण निर्माण गर्ने अभियान उनले सञ्चालन गरेका थिए। त्यसको प्राप्ती नै अहिले दलित सहकारी स्थापना भएका छन।

बि स २०६७ सालमा नै दलित सेवा संघका पदाधिकार,कर्मचारीहरु सहित अधिकारकर्मीहरुको काठमाडौमा एक सहकारी खोल्न प्रस्ताव सगै उक्त सहकारीको नाम  दलित बिकास बचत तथा ऋण सहकारी  नामकरण गरी सहकारी उहाँकै  पालमा सञ्चालन गरिएको थियो। उक्त सहकारीका आबश्यक पर्ने विनियम निर्देशिका र आबश्यक कानुनी कागजातहरु उहाँले नै  तयार पार्नु भएको थियो।

उहाँकै पहलमा रेडियो र सहकारी एकै ठाउमा सञ्चालनमा रहेका छन ।

उनि दुबै संस्थाको संस्थापक सदस्य हुनुहुन्थ्यो। दलित सेवा संघद्धारा कोहलपुरमा स्थापित संघर्षशिल महिला बचत तथा ऋण सहकारी संस्थाले अहिले करौडौ करोबारो गर्न सफल भएको छ।

संस्थाका जिल्ला शाखाका भवन निर्माणका लागि जग्गाको प्रबन्ध गर्ने र कोषहरु निर्माण गर्ने सहज तरिका उहाँलेनै अंगालेका कारण  बित्तिय ब्यबस्थापनमा लामो अनुभवका कारण उहँमा  बित्तिय बिज्ञता सगै केन्द्रिय कोषाध्यक्षको हैसियतले संस्थागत आर्थिक सवलिकरणमा ठुलो  योगदा रहेको  छ।

आफ्नै निवास ठान्ने  र संस्थाको केन्द्रिय भवन निर्माणमा योगदान गरेका सुनारले आफ्नै घर निर्माणमा खासै ख्याल गर्नु भएन

पदिय हैसियतलाइ बेवास्ता गर्दै संस्थागत स सना काम गर्ने उहाँको स्वभावले सबै कर्मचारीको प्यारो ब्यक्ति नै बन्नु भएको थियो।

दलित सेवा संघ सदस्यतामा आधारित संस्था भएकाले जिल्ला क्षेत्र र केन्द्रिय स्तरमा समन्वय बढाई  उत्साह थप्ने कार्य कहिल्यै भुल्न सकिदैन ।

सस्थागत परिवार र घर परिवार दुई परिवार छ भन्ने बुझाइले संस्थालाई पुर्व मेची देखि पश्चिम महाकाली सम्म  दलित मुक्तीका लागि साँस्कृतिक अभियानको नेतृत्व गरेका थिए। स्वर्गिय सुनारले दलित अभियानलाई नेपाल सगै बिदेशका ६ वटा देशमा अभियान चलाउनु भएको थियो।

उहाले  दलित अभियानको लागी भारत बंगाला देश पाकिस्तान थाइल्याण्ड स्वीटजरल्याण्ड अमेरिका जस्ता देशमा पुगेर नेपालका दलित समुदायको अबस्था र दलित समुदायले भोगिरहेका समस्या उठान गर्नु भएको थियो।

काठमाण्डौको बसाइमा बिभिन्न बाधाहरु आए पनि संस्थागत विकास र अधिकार प्राप्तीमा सधै लागिरहनु भयो ।

२०७५ साल बैशाख १ गते नयाँ बर्ष उनका लागी दुर्घटनाको बर्ष बन्यो। उहाँ नयाँ बर्षकै दिन बिरामी हुनुभयो चेक गराउदा ब्रेन ट्युमर पुस्टी भयो।

उपचारको लामो समय सम्म अस्पतालको बेडमा थला परेका सुनारको उपचारकै क्रममा २०७६ साल असार ९ गते सदाको लागि बिदा  हनुभयो।  उनका १ छोरी २ छोरी श्रीमती र आमा हुनुहुन्छ। दलित सेवा संघका प्रेरणामा श्रोत एक कुशल अभिभावक गुमाउदा संस्थालाइ अतुलनिय क्षेति भएको छ।

संस्गागत बिकास समुहकार्य सहनशिलता धैर्यता  त्यागले मानिसलाई सफलता दिने अनुकुरण उहाँले सस्थामा छोडेर जानु भएको छ।

स्वर्गिय रेशम सुनार प्रति हार्दिक श्रद्धञ्जली ब्यक्त गर्दछौ ।

दलित सेवा संघका कार्यकारी निर्देशक टंक बहादुर बिश्वकर्मले यो जिवनी तयार पार्नु भएको हो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता