जिल्ला प्रशासन कार्यालय सल्यानले दियाे थर कायम गरी नागरिकता

जिल्ला प्रशासन कार्यालय सल्यानले दियाे थर कायम गरी नागरिकता

सल्यान असार ९ गते

जिल्ला प्रशासन कार्यालय सल्यानले थर कायम गरी नागरिकता दिएकाे छ।

जिल्लाकाे शादा नगरपालिका वडा नं ६ बरला निवासी रुपलाल दमाई लाई रुपलाल बागचन थर कायम गरी नागरिकता दिएकाे हाे।

दलित समुदायले बर्षाैदेखि जात मात्र लेखेकाे र शासकले जातकाे ठाउँमा थर लेखेकाेले उनले थर कायम गरी नागरिकताकाे प्रतिलिपी पाउन जेठ ३१ गते जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएका थिए ।

सरकारी कर्मचारी बाट पेन्सन लिएका बागचनले जात ब्यबस्थाका कारण दलित समुदाय दिनानुदिन बिभेदकाे सिकार भएकाे कर्मचारी हुदा देखेकाे र उक्त मुद्धामा वकालत गरेका उनले जिल्ला प्रशासन कार्यालय सल्यानबाट १० दिन पछि थर कायम गरी नागरिकता प्रथम प्रतिलिपी बागचन थर भएकाे नागरिकता प्राप्त गरेका हुन।

नागरिकता ऐन ३०६३ संशाेधन भए लगतै देशै भरी दलित समुदायले थरकायम गरी नागरिकता लिइरहेका अबस्थामा सल्यानमा भने रुपलाल बागचन थर कायम गरी नागरिकता पाउने पहिलाे ब्यक्ति भएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता