स्याङ्जामा दलित महिला सशक्तिकरण  संञ्जाल गठन

स्याङ्जामा दलित महिला सशक्तिकरण संञ्जाल गठन

असार ५ स्याङ्जा

स्याङ्जाकाे चापाकाेटमा दलित महिला सशक्तिकरण संञ्जाल गठन गरिएकाे छ।

चापाकाेट दलित महिला सशक्तिकरण समुहले स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमजा सहित संञ्जाल गठन गरेकाे हाे।

महिला,दलित,बालबालिकाको पक्षमा सधै आवाज बुलन्द गदै सामाजिक न्यायकाे लागि वकालत गर्ने उद्धेश्यले दलित महिला सशक्तिकरण सञ्जाल गठन गरेकाे चापाकाेट अध्यक्ष पुर्णिमा परियारले बताइन।

चापाकाेट नगरपालिका वडा नं २ काे दलित महिला सञ्जालमा ९ सदस्यीय वडा सञ्जाल गठन गरिएकाे हाे।

जसकाे अध्यक्षमा जमुना बिक

उपाध्यक्ष सीता सार्की

सहसचिव कबिता बिक

काेषाध्यक्ष सृजना बि क चयन भएका छन।

निर्वाचित सञ्जालका सदस्यहरुलाइ दलित महिला सञ्जाल चापाकाेट अध्यक्ष पुर्णिमा परियारले बधाई तथा सफलताकाे शुभकामना दिदै दलित महिला तथा बालबालिकाकाे लागी एक ईट्टा थप्न सफल भएकाे बताइन उनले भनिन राज्यले हिजाे सम्म महिला दलित बालबालिका पक्षमा काम गरेता पनि उपस्थितीकाे लागी र राहतकाे लागी मात्रै काम गरेकाले अब राहत हैन अधिकार पक्षमा सरकारलाइ जवाफदेही बनाउन याे समिती लाग्नु पर्ने सुझाइन।

कार्यक्रममा बाजिन्द्र बि क,प्रकाश सुनार,भाईराम बिश्वकर्मा लगाएतकाे उपस्थिती रहेकाे बताइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता