सेतु बिकको शालिक तोडफोड नै गणातन्त्र माथीको प्रहार

सेतु बिकको शालिक तोडफोड नै गणातन्त्र माथीको प्रहार

जेठ २० सल्यान

जेठ १९ गते नेपालगंञ्जकाे न्युराेडमा भएकाे घटना ले जात ब्यबस्थाकाे एकाङ्कीलाइ झल्काे दिएकाे छ। नेपाली उत्पिडित बर्ग र समुदायकाे लागी बलिदानकाे कोटा चुक्ता गर्ने भनेकै दलित समुदाय हुनुले आज राज्य सत्ता नै जात ब्यबस्थाकाे कडी बनेकाे उपहास भएकाे सेतु बिककाे सालिक माथी गरिएकाे ताेडफाेडले राज्य र जात ब्यबस्थाकाे चरित्रमाथी प्रस्ट पारेकाे छ।

विज्ञापन

याे घटनाले गणातन्त्र माथीको प्रहार गरेकाे छ।

सेतु बिक दोस्रो जनआन्दोलन २०६२/०६३ मा निरङ्कुश राजतन्त्र अन्त्य गरी गणतन्त्र प्राप्तिका लागि लड्दालड्दै आफ्नो प्राण आहुति दिने सहिद मध्येकी एक महान् सहिद हुन। छातिमा बम र बारुदको छर्याले भरीदा  पनि हाँसी हाँसी  देश र जन्ताका लागी निरंकुश राजतन्त्र अन्य गर्न मृत्युको लडाइ जित्ने महान सहिद हुन सेतु बिक।

नेपाली एकतात्मक राज्य ब्यबस्थाले नेपाली  आम जन्तामाथी दमन शोषन अत्याचारका बिरुद्ध गणतन्त्रको लडाइँमा होमिरहँदा २०६३ वैशाख ५ गते सहिद भएकी हुन् ।

उनको मृत्यु तत्कालीन ज्ञानेन्द्र चोकमा भएको हो । हाल उक्त चोकलाई सहिद सेतु बिक चोक नामकरण गरिएको छ । जुन चोक नेपालगञ्जको न्यूरोडमा छ । सेतु बिक भूमिहीन थिइन् । राजनीतिमा यिनको पहुँच थिएन । न त शासनसत्ता हत्याउने लालसा थियो यिनको  केवल गणतन्त्रका लागि लडिरहेकी थिइन् ।

गणतन्त्रमा जोतभोग गरेको जग्गा र बसोवास गरेको थातथलो आफ्नो हुने सपना देखेकी थिइन् । छोराछोरी पढ्न पाउने अनि पोषिलो खाना र आफ्नो पतिसँगै गाउँका युवाहरू रोजगार पाउने कल्पना गरेकी थिइन् ।

भारतमा बहादुर नेपालीका नाममा रगतपसिना बगाउने उत्पीडनबाट मुक्ति चाहन्थिन् । वर्षभरि भरपेट खाना र एकसरो फरिया अनि चोलो फेर्ने आशा गरेकी थिइन् । तर क्षितिजमा देखिने त्यान्द्रोमै विलीन भयो यिनका सपना र कल्पना।

सेतु बिकजस्ता हजारौँ योद्धाहरूको साहसिक बलिदानले नेपालमा गणतन्त्र प्राप्त भयो । नयाँ नेपालको परिकल्पना गरियो । अझै पनि समृद्ध नेपाल बनाउने शब्दहरूमा फुलबुट्टा भर्दैछन् नेता र मन्त्रीहरू । बलिदानीपूर्ण संर्घषबाट प्राप्त गणतन्त्रको जगमा उभिएर धेरै नेताहरू संसद्, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति भए । यिनका दिन फेरिए । तर गरिब भूमिहीनहरूको दिन कहिल्यै फेरिएन । सेतु बिकका रंगीन सपना र कल्पनाहरू उत्पीडनमा छन।

गणतन्त्र दिवसको खुसीयाली हामीमा रहेन जुन हर्ष र खुसी थियो नेपाली उत्पिडित दलित समुदायको लागी आज राज्य लाचार भएको छ सामन्ती राज्य ब्यबस्था भित्रका पाल्तु कुकुरले उनको शालिकमा  लुटाहा मच्चाए घनले उनमा फेरी हिर्काए तर पनि सामन्तका  भाडावाल कोठिका दानमहरु प्रहरी नियन्त्रणमा छन ।

नेपाली राज्यब्यबस्था परिवर्तनका लागी जसरी दलित समुदायले उच्च बलिदान गरेका छन राज्य यसमा गम्भिर भएन भने निरंकुश शासकका विरुद्ध दलित समुदाय घरेलु हतियार लियर लड्न तयार हुनु पर्छ जसरी आज सहिद सेतु विकको शालिक लुटिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता