जातिय बिभेद बिरुद्ध र्याप भिडियो रिलिज

जातिय बिभेद बिरुद्ध र्याप भिडियो रिलिज

सल्यान चैत्र २२

बाबु के थरी कबिता जातिय बिभेद बिरुद्ध र्याप भिडियो रिलिज भएको छ।

समता समानता र सामाजिक स्वतन्त्रताका मुद्दामा कलम चलाउने कवि तथा साहित्यकार मिम बहादुर परियारको शब्दमा , केटिएम सोल्जाको आवज र बिटमा , निर्मता रोसन परियार र (किरण ब्यञ्जनकार) वाइल्ड याक रेकर्डको प्रस्तुतिमा बाबू के थरी बोलको र्याप गीतको भिडियो सार्वजनिक गरिएको हो।

र्याप गीतको भिडियोमा रङ्गकर्मी राजकमल फकिरको अभिनय छ भने निर्देशन मनिष निरौलाले गरेका छन।

भिडियोको छायांकन पाटन आसपासमा गरिएको छ । निर्माणता रोसन परियार भन्छन “बाबू के थरी ” पहिला कविताको रुपमा थियो अहिले जातिय बिभेद बिरुद्ध र्याप रिलिज भएको बताउछन रोशन।

जातीय छुवाछूत जस्तो अमानवीय कुसंस्कारले मानिसमा कति पीडा दिएको छ , त्यो आम मानिसले बुझुन् भन्ने उदेश्यले उक्त कवितालाई र्याप गीत बनाएको र युवा जमातमा केही सन्देश पुर्याउन र्याप रिलिज गरेको साहित्यकार परियार भन्छन्।

” बाबू के थरी कविता जातीय कुप्रथाका विरुद्ध लेखिएको हो । यो कवितामात्रै नभएर आक्रोश रुपमा पनि चित्रण गरिएको छ ।

यस कवितालाई र्याप गीत बनाउने रोसन परियारको योजना मन परेकाले यस परियोजना जोडिएको र र्याप संगीतको इतिहास विभेदसँग जोडिएकाले जातिय बिभेद बिरुद्ध र्याप गित संगित पनि दलित मानव अधिकार र सामाजिक न्यायका लागी वकालत गर्न सक्ने क्षेत्र भएकाले सबैले यो गित सुन्न अनुरोध गरेका छन ।

कथित सामाजिक संरचनाका विरुद्ध र्याप गीत गाइन्थ्यो ।अस्वेत समुदायको पिडा पोख्ने माध्यम पहिले र्याप थियो । अझ र्याप गीतलाई प्रेटेस्ट पोएट्री पनि भन्छन् ।

अहिले संसारमै र्याप युवा जमातमा निकै लोकप्रिय छ । त्यसकारण पनि” बाबू के थरी “र्याप गीत विशेष छ । जातीय विभेद विरुद्ध छ । समाजिक समानता र समताको वकालत गरेको छ ।

निश्चितरूपमा यस र्यापले युवा जमातमा केही सन्देश अवस्य दिनेछ ” साहित्यकार परियारले थपे । सामाजिक बेथितिलाई सरल भाषामा चित्रण गरिनुनै यस गीतको विशेषता हो । र्यापरको गायकीले , गीतमा झन् उर्जा थपिदिएको छ । र्यापर केटिएम सोल्जा , नेपाली र्याप विधाको उदाउँदो नक्षत्र बनेका छन।

पुरा भिडियो हेर्नुहोस

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता