बनगाड लोक साहित्य महोत्सव २०७८’ बाट सल्यानका  गायक भक्तराज परियार सम्मानित

बनगाड लोक साहित्य महोत्सव २०७८’ बाट सल्यानका गायक भक्तराज परियार सम्मानित

सल्यान चैत्र १६

हाम्रो अभियान,सल्यान कला साहित्यको उत्थान’ अन्तरगत बनगाड कुपिन्डे नगरपालिकामा सञ्चालन गरिएको  बनगाड लोक साहित्य महोत्सव २०७८ भक्तराज परियारलाइ सम्मान गरिएको छ।

विज्ञापन

सल्यानलाइ लोक गित मार्फत चिनाउन सफल भएका परियारलाइ सल्यान कला साहित्य परिषदले पहिलो पटक सम्मान गरेको हो ।

सल्यान जिल्लाको मौलिकतामा आधारित सल्यानैको हावा पानी खायर विताउला यो जिवनी भन्ने लोक गितबाट सल्यान जिल्ला चिनाउन सफल परियारले थुप्रै लोक गितमा स्वर दिएका छन।

सल्यान साहित्य,सर्जकको उजागर,उर्जाका लागि विभिन्न समयमा जिल्ला र जिल्ला बाहिर विभिन्न पृथक साहित्य गतिविधि गर्दै आइरहेका परियारलाइ  सल्यान कला साहित्य परिषद्ले बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन गरेको ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ वाट परियारलाइ नगर प्रमुख गोबवन्द पुनले  प्रशंसा प्रमाण पत्र सहित सम्मान गरेका हुन।

बनगाड कुपिण्डे नगरपालिका भित्र रहेका नवसर्जक,प्रतिभा र लोपोन्मुख मौलिक संस्कृतिलाई अग्रासर राखेर आयोजना गरिएको लोक साहित्य महोत्सवमा स्थानीय तीन दर्जन नव प्रतिभा ,स्थानीय सर्जकहरु क्लब,आमा समूह स्कुल र राष्ट्रिय स्थापित कवि,गजलकार ,राष्ट्रिय लोकदोहोरी गायक,गायिका हास्य कलाकारहरुको बेजोड प्रस्तुति  प्रस्तुत गरेका थिए।

दुइ दिनसम्म चलेको ‘बनगाड लोक साहित्य महोत्सव २०७८” मा ‘सल्यान पाचौँ गजल महफिल’ शृङ्खलामा गजलकार लोकेश जलन र सुमन स्मारिका रहेका थिए भने महफिल सहजिकरण बरिस्ठ गजलकार तथा कवि बाबु त्रिपाठीले गरेका थिए।

‘सल्यान कविता कन्सर्ट’मा कवि बाबु त्रिपाठी र खड्ग शाही गायन गोपाल नेपाल जि एम ,हास्य कलाकार कुल बहादुर वलि ,गायिका चन्द्रकला कँवर,केशरी घर्तीले प्रस्तुती प्रस्तुत गरेका थिए।

अतिथि स्वागत साँझ लगायत ‘बनगाड लोक महोत्सव २०७८’ को संयोजक संस्थाका कोषाध्यक्ष तथा जुझारु गजलकार जीवन जलनले गरेको कार्यक्रममा स्थानीय सर्जक प्रतिभाहरु र विभिन्न क्लब,आमा समूहहरुले गजल,मुक्तक,कविता,नृत्य ,कमेडि सिगारु,झाफ्रे,मयुर ,ठाडिभाका ,बन्गाडि टप्पा, लहरे नाच आदि प्रस्तुत गरेको कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुन, विशिष्ट अतिथि ,साहित्यकार, विभिन्न झाकिहरु सहितको र्‍यालि सहित मञ्च प्रवेश  गरिएको कार्यक्रमको अध्यक्षता परिषद अध्यक्ष भरत रोकायले गरेको कार्यक्रमको सञ्चालन परिषद्का संस्थापक तथा गजलकार लोकेश जलनले गरेका थिए।

थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता