हिजो उनको हातमा बन्दुक
चैत्र ७ गते सल्यान
साहित्यकार हिरालाल के सी
हिजो उनको हातमा बन्दुक
आज उनको हातमा
श्रृजनाको कलम
शरीरमा गोली छ
उध्रेको चोली छ
अझै गर्जीरहने
बिद्रोही बोली छ
पल्लो कुनाबाट
गोहीको आंसुले हेर्यो
र भन्यो म तेरो आसु हुं
उनले भनीन्
मेरो आँसु त्यस्तो छैन
फरक छ
मेरो आँसु
युगौदेखि जांतोमा
पिलसीनुपरेको आँसु हो
मेरो आँसु
लडाईको मोर्चामा सहयोद्दा गुमाउंदा
बगेको अहो आसु
कसैले उनको चित्र उठाएर
बेश्यालयमा पुर्यायो
उनको भावनामा
नमिठो ठेस पुग्यो
त्यत्तीको पीडा त
लडाईमा श्रीमान गुमाउंदा भएन
त्यत्तीको पीडा त
शरीरभरी गोली छेडीदा पनि भएन।।
कीनकी
उनी त
श्रृजनाको फुलबारीमा थिईन्
बांकी अभिभाराका योजना कोर्दै थिईन्
चित्रमा उठाईएको पात्र त
नक्कली रहेछ
अर्को कित्ताबाट
योजनाबद्द सापटी ल्याईएको
पछी उनी खितीक्क हांसिन् र भनिन्
नक्कली पात्र
कस्तो नसुहांउंदो र नमज्जाको
नाटककार सायद कच्चा परेछ ।।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा