दाङमा दलित र गैरदलति बीच ३ दिनेअन्तरघुलन कार्यक्रम सम्पन्न

दाङमा दलित र गैरदलति बीच ३ दिनेअन्तरघुलन कार्यक्रम सम्पन्न

फागुन २९ दाङ

दाङमा दलित र गैरदलित बिच ३ दिने अन्तरघुलन सम्पन्न भएको छ ।

विज्ञापन

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग दलित कल्याण संघको आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नं १५मा  वडा स्तरिय दलित र गैर दलित बिच ३ दिने अन्तरघुलन कार्यक्रम सम्पन्न भएको हो।

सहभागितामा आधारित  अन्तरघुलनकार्यक्रममा दलित तथा गैर दलित बिच गरिने जातिय बिभेद छुवाछुतको सामाजिक अबस्था र त्यसको सामाधानमा स्थानिय सरकारले खेलेको भुमिका बारे छलफल गरिएको थियो।

सामाजिक चेतनाको बिकासबाट नै सामाजिक रुपान्तर हुने भएकाले दलित र गैरदलित बिच सामाजिक साँस्कृतिलाइ रुपान्तर गर्न गरिने अन्तरजातिय बिबाहलाइ अझै पनि गैरदलित समुदायले स्वीकार्न नसकेकाले स्थानिय सरकारले यस्ता  सवाललाइ सामाधान गर्न केही प्रयास नगरेको सहभागीको गुनासो रहेको थियो।

सहजीकरणममा उठेका प्रश्नको जावाफमा संस्थाका केन्द्रिय अध्यक्ष मोतीलाल नेपालीले समाज निर्माणमा जात ब्यबस्थाको प्रमुख हात रहेको सामाजिक उत्पिडनमा परेका समुदायको दैनिकी दिनानु दिन खस्किदै जाने सामाजिक बन्धन मा परेका  दलित तथा सिमान्तकृत समुदाय जात ब्यबस्थाको कारण उत्पिडनमा परेको यथार्थ चित्रणलाइ सरकारले झन बढावा दिन खोजेको जस्तो महुसुस भएको रुकुम घटना एक साँक्षी भएको प्रमाणलाइ सामाजिक रुपान्तरण गर्न दलित र गैरदलित  समदायको अन्तरघुलन आवश्यक भएको बताए।

सस्थाका जिल्ला अध्यक्ष नरसिंह बि क को अध्यक्षता सस्थाका केन्द्रिय अध्यक्ष मोतीलाल नेपाली को सहजीकरण मा सञ्चालन भएको कार्यक्रममा १५ नम्बर वडा अध्यक्ष लक्ष्मण चौधरी वडा सचिव अमृत दहालको बिशेष उपस्थिती रहेको कार्यक्रमा दलित सेवा संघ दाङ का जिल्ला सदस्य छवि परियार दिपक नेपाली,रामप्रसाद नेपाली,देबा धिताल,बिनोद पान्डे र दरापता बि क ले आफ्नो धारणा  राखेका कार्यक्रमको सहजीकरण सचिव सन्तोष चनाराले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता