आसन्न स्थानिय तहको चुनावको तयारीमा लाग्न मोर्चा गर्यो जिल्ला समन्वय र पालिका समितीलाई निर्देशन
फागुन २८ सुर्खेत
नेपाल दलित मुक्तीमोर्चा कर्णाली प्रदेश समितीको तेस्रो पुर्ण बैठकबाट आसन्न स्थानिय तहको चुनावको तयारीमा लाग्न प्रदेश समितीले जिल्ला समन्वय र पालिका समितीलाइ निर्देशन गरेको छ।
देशमा संघियता संबिधान समानुपातिक समाबेशीता धर्म निरपेक्षताको सवाल लाइ संबिधानमा दस्ताबेज गरेता पनि पुर्ण कार्यन्वयन हुन नसकेको यसलाइ संस्थागत गरी पुर्ण कार्यन्वयन गर्न नेपाल कम्पुनिष्ट पार्टी माओबादी केन्द्रका जनबर्गिय संगठनहरु एक ढिक्का भएर लाग्नु पर्ने निर्णय गर्दै मोर्चाको प्रदेश समितीको तेस्रो पुर्ण सुर्खेतमा सम्पन्न भएको छ।
स्थानिय निर्वाचनलाइ मध्येनजर गर्दै मोर्चाले पार्टी तथा सरकारमा दलित समुदायको जनसंख्याका आधारमा सहभागागीता सुनिश्चतता गराउन सबै जिल्ला तथा पालिकामा भेला तथा सम्मेलन गर्ने बताएको छ।

मोर्चाले कर्णाली प्रदेशका दश जिल्लामा स्थानिय निर्वाचनलाइ प्रभावकारी बनाउन मोर्चाका केन्द्रिय सदस्यको नेतृत्वमा १० जिल्लालाइ ४ कमाण्डमा बिभाजन गरी निर्बाचन परिचालन समितीको जिम्मेवारी तोकिएको छ। जस अनुसार
क तिलक बिक सुर्खेत -सल्यान
ख रनसिह परियार मुगु – हुम्ला
ग तुलराज बिक कालिको-जुम्ला
घ चक्र सोनी दैलेख – जाजरकोट
र सेरु विक रुकुम -डोल्पा
कर्णाली प्रदेका दश जिल्लाको दलित समुदायको जनसंख्यालाइ आधारमानी स्थानिय निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।
पार्टीका इन्चार्ज तथा केन्द्रिय सदस्य र प्रदेश अध्यक्षको समासामयिक राजनैतिक तथा बैचारिक घटना क्रमकलाइ मध्येनजर गर्दै नेपालको संबिधान संघियता र समानुपातिक समाबेशी ब्यबस्थाको जननी नै माओबादी केन्द्र नै भएकाले यसको संरक्षण र संस्थागत गर्न नदिन बिभिन्न चलखेल हुदै आएकाले यस तर्फ माओबादीका सबै जनबर्गिय संगठनहरु एक हुन र त्यसको बिरुद्ध लाग्न स्थानिय तहको निर्वाचन नजिकै आएकाले सबै जिम्मेवार पुर्ण तवरले पार्टी र संगठनमा लाग्नु पर्ने प्रशिक्षण गरेका थिए।

प्रदेश संयोजक पार्वती विक शान्ताको संयोजकत्वमा बसेको तेस्रो पुर्ण बैठकमा कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल केन्द्रिय सदस्य टेक बहादुर बस्नेत महेन्द्र बहादुर शाही विष्णु बहादुर विक रामदिप आचार्य सिता विक विमला केसी प्रदेश अध्यक्ष कृष्ण जिसी प्रदेश उपाध्यक्ष रातो कामी फ्याक्सन इन्चार्ज दलित मुक्तीमोर्चा कर्णाली प्रदेश रनसिह परियार प्रदेश मोर्चा सह इन्चार्ज मोर्चा केन्द्रिय सदस्य लाल बहादुर सार्की को बिशेष उपस्थिती रहेको बैठकमा मोर्चाका जिल्ला संयोजक तथा पालिका संयोजकहरुको उपस्थिती रहेको थियो।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा