सल्यानमा अपाङ्गता पहिचान र परिचय पत्र वितरणका लागी दुई दिने अभिमुखीकरण

सल्यानमा अपाङ्गता पहिचान र परिचय पत्र वितरणका लागी दुई दिने अभिमुखीकरण

फागुन २६, सल्यान

सल्यानको बागचौर नगरपालिकामा अपाङ्गता पहिचान र परिचय पत्र वितरण सम्बन्धि दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ।

बागचौर नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सबलीकरण परियोजना राष्ट्रिय परिचय तथा पंञ्जीकरण विभागको समन्वय, युनिसेफ र सेभद चिल्ड्रेनको सहयोग सिविस नेपालको व्यवस्थापनमा अपाङ्गता पहिचान र परिचय पत्र वितरण सम्बन्धि २ दिने अभिमुखीकरण तालिम सुरु गरिएको हो।

अपाङ्गता परिचयपत्र वितरणका लागि स्थानीय सरकारलाई जिम्मेवारी दिएकाले उक्त प्रणालीलाई कसरी व्यवस्थित तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अपाङ्गता समन्वय समितीलाइ अभिमुखिकरण गरिएको छ।

अपांग व्यक्तिहरुको वर्ग छुट्याउनलाई कसरी पहिचान गर्ने र त्यसका आधार र अवधारणाहरु बारे अभिमुखिकरण गरिएको छ। अभिमुखिकरणमा राष्ट्रिय अपांग महासंघ पुर्व केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी र अपाङ्गता विशेषज्ञ सुर्यभक्त प्रजापतिले प्रशिक्षण दिएका थिए ।

अपांग सम्बन्धि स्थानीय समन्यन समिति, नगरपालिकाका सम्पुर्ण शाखाका प्रमुख, अपाङ्गता भएका व्यक्तिहरु तथा सम्बन्धि परियोजनाका कर्मचारीहरुको उपस्थितीमा सेभद चिल्ड्रेन वरिष्ठ परियोजना संयोजक पुष्कर काफ्ले र सिविस परियोजना संयोजक उमङ्ग मैनालीले तालिमको महत्त्व र उद्देश्यका विषयमा प्रकास पारेको अभिमुखिकरणमा सेभद चिल्ड्रेन सल्यानका सामाजिक परिचालक अधिकृत चुडामणी वलीले तालिमको सहजीकरण गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता