दाङका ऋषि परियारको चमत्कार मेची-महाकाली उल्टो पैदल यात्राः मध्ये बिन्दु पार

दाङका ऋषि परियारको चमत्कार मेची-महाकाली उल्टो पैदल यात्राः मध्ये बिन्दु पार

फागुन २५ दाङ

दुई पटक गिनिज बुकमा नाम लेखाएका ऋषि परियारको उल्टो पैदल यात्राको मध्येबिन्दु पार गरेका छन।

विज्ञापन

तुलसीपुर उपमहानगरपालिका वडा ३ रानागाउँका ऋषि परियार मेचीदेखि महाकालीसम्मको उल्टो पैदल यात्राको एक महिना पुरा भएको छ । स्वास्थ्यका लागि मेचीमहाकाली उल्टो पैदल यात्रा भन्ने नाराका साथ माघ १५ गते काँकरभिट्टाबाट सुरु गरेका परियारले एक महिनामा मध्यविन्दु पार गरेका हुन।

पुर्वको यात्रामा दलित अभियान्ता राजेस बिद्रोहीको नेतृत्वमा पुर्वेली को माया पाएका परियारलाइ सम्मान तथा हौसला प्रदान गर्नेको सडकमा भिड नै हुने गरेको माया पश्चिममा पनि कमी नभएको पाइएको छ।

मध्ये बिन्दु पार गरेका परियारलाइ रुपन्देहीमा भब्य स्वागत तथा सम्मान गरिएको छ। सैनमैना दलित उत्थान समिती अध्यक्ष तथा ई प्रतिविम्ब सम्पादक अम्विका परियारको नेतृत्वमा परियारलाए एक कार्यक्रमका विच सम्मान गरिएको हो।

नेपाल लाई विश्व सामु चिनाउने उद्देश्यका साथ शुरु भएको उल्टो पैदल यात्रा एक महिनामा उनले झन्डै ५५५ किलोमिटर उल्टो हिँडेर पार गरिसकेका छन् । पुर्व पश्चिम राजमार्गमा पर्ने २१ वटा जिल्ला मध्ये १४ जिल्ला उल्टो हिँडेर पार गरे । ‘सबैबाट राम्रो हौसला पाएको छु, अझै साथ पाउनेमा ढुक्क छु,’परियारले भने ।


३० वर्षे युवा ऋषि परियारको लगातार हिँडाइले खुट्टामा ठेला उठेका छन् ।  शरीर थकित छ ।  तर पनि उनलाई थकानको महसुस छैन ।  बाटोमा हिँड्दा भेटिएका समर्थकहरूको साथले उनीलाई झन् ऊर्जा थपिन्छ ।  खुट्टा गले पनि उनको रफ्तारमा कमी छैन ।  पाइलैपिच्छे सेल्फी हान्ने र भिडियो खिच्नेको भीडले उनको थकान मेटिन्छ ।  सबैलाई मुसुक्क हाँसेर बिदाइ गर्छन् ।

झोलामा एक जोर दौरा सुरुवाल, हातमा राष्ट्रिय झन्डा बोकेर साधारण पहिरनमा उनी यात्राको थालनी गरेको स्मरण गर्छन् ।  ‘एक जोर चप्पलमा उल्टो यात्राको थालनी गरें।  कुनै पनि क्षण सुल्टो हिँड्दिनँ’, उनी भन्छन् । अगाडि हिँड्ने बानी भएकाले उल्टो हिँड्न त्यति सहज छैन । तर पनि लगभग बानी परेका छन् उनी । ‘उल्टो यात्राबाट विश्वलाई देश चिनाउन खोजेको हुँ’, उनी थप्छन्, ‘यति लामो दूरी कसैले उल्टो हिँडेको छैन । इतिहास रच्नु पनि मेरो उद्देश्य हो ।
बिहान ८ बजेपछि उनको यात्रा सुरु हुन्छ । दैनिक १५ किलोमिटर दूरी उल्टो हिँडेर पार गर्छन् । कसैले उनलाई बासको बन्दोबस्त गरेर सहयोग गर्छन् । कसैले नगरे बाटोमा पाएको सहयोग रकम खर्च गर्छन् ।

गिनिज बुकको रेकर्ड्सको लोभ उनलाई होइन । दुई पटक उनले गिनिज बुक अफ वल्र्ड रेकडमा नाम लेखाइसकेका छन् ।  सन् २०२० जनवरी २१ मा जम्पिङ जक्समा उनको नाम छ ।  एक मिनेटमा १ सय २३ पटक जम्प गरेका थिए ।  यसअघि भारतीय नागरिकले राखेको १ सय १६ पटकको रेकर्ड उनले तोडेका हुन् ।  त्यस्तै, इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाइएको रेकर्ड उनले ५७ पटक गरेर तोडे । यसपटक उल्टो हिँडेर फेरि गिनिजमा नाम लेखाउने जमर्को गर्दैछन् ।  अबको करिब ४० दिनमा महाकाली पुग्ने उनको लक्ष्य छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता