राकेश वडको हस्तलेखन सिद्ध मासिक ६सय रूपैया अध्ययन शुल्क मिनाह

राकेश वडको हस्तलेखन सिद्ध मासिक ६सय रूपैया अध्ययन शुल्क मिनाह

धनबहादुर बिक
कञ्चनपुर
पुनर्वास ११ माघ २०७८


हुने बिरूवाको चिल्लो पात नेपाली उखान लाई कञ्चनपुर को पुनर्वास का कक्षा ८ मा अध्ययनरत राकेश वड ले हस्तलेखन कलाबाट सिद्ध पारेका छन । उनले लेख्ने गरेको हस्तलेखन झट्ट हेर्दा कम्प्युटर टाईपिङ हो कि भनेर प्राय मान्छेहरू झुक्किने गरेका छन ।

विज्ञापन


कञ्चनपुर को पुनर्वास नगरपालिका ४ मा रहेको स्थानीय बाल रूपान्तर बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १५ बर्षिय राकेश वड ले कम्प्युटर टाईपिङ सरह हस्तलेखन बिधाबाट सबैलाई चकित पार्दै आएका हुन ।
पुनर्वास नगरपालिका ४ जनकबस्ति स्थित बुवा जय बहादुर वड र आमा लक्ष्मि वड का छोरा राकेश वड उत्कृष्ट हस्तलेखन संगै अध्ययनमा पनि त्यतिकै अब्बल छन ।
भबिस्यमा सिविल ईन्जिनियरिङ गर्ने लक्ष्य लिएका राकेश वड को सपना पूरा गर्न उनका बुवा आमा विगत पाँच बर्ष देखि भारतको दिल्लीमा मजदुरी गर्दै आएका छन ।

उनका हजुरबुवा कर्ण बहादुर वड तथा हजुर आनरूमाया वडको संरक्षणमा अध्ययन गर्दै आएका राकेश वड स्वभावमा निकै अनुसासित छन । ठुलाको आदर सत्कार र सानालाई माया गर्ने अनि अभिभावक को मर्यादा गर्ने तथा बिद्यालय मा पनि अाज्ञाकारी छात्र को रूपमा आफ्नो परिचय बनाउन सफल भएको कक्षा शिक्षक जितबहादुर तामाङ बताउनुहुन्छ ।


अार्थिक श्रोत निम्न भएकै कारण राकेश का बुवा आमा रोजगारीका लागि भारत जानुपरेको हजुरबुवा कर्णबहादुर वड ले बताउनुहुन्छ । राकेश कि हजुरअामा दम को विरामि हुनुहुन्छ , हामी बुडाबुडी को उपचार खर्च , नातिको पढाइ खर्च र घरखर्च सबै छोराले पठाएको रकमबाट जोहो गर्नुपरेको राकेशका हजुरबुवाले बताए ।


जेहेन्दार गरिब दलित परिवारको बिध्यार्थि राकेश वडको उत्कृष्ट लगनशीलता लाई मध्येनजर गरि बिद्यालयको तर्फबाट मासिक ६०० रूपैया अध्ययन शुल्क मिनाह गरिएको बिद्यालय का सञ्चालक बालकृष्ण ढकालले बताए।


राकेश को आगामि अध्ययन का लागि पनि बिद्यालयबाट सक्दो सहयोग प्रदान गरिने सञ्चालक ढकाल बताउछन।।
राकेश वडको हस्तलेखन कला को चर्चा बिद्यालयमा मात्रै सिमित छैन उनको हस्त लेखन कला पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापा , प्रशासकिय अधिकुत तथा सूचना अधिकारी धौलराम सार्की लगायतले समेत अवलोकन गरेका छन ।

उनको हस्तलेखन कला र अध्ययन प्रतिको लगनशीलता लाई मुल्यांकन गरि नगरपालिका बाट समेत सहयोग प्रदान गर्न सकिने सूचना अधिकारी सार्किले बताए।
यस्ता होनहार बिध्यार्थि को सपना साकार पार्न हामी सबैको दायित्व हो नगर प्रमुख थापाले बताउए। ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता