रगत अछुत हुदैन तर मान्छे किन अछुत

रगत अछुत हुदैन तर मान्छे किन अछुत

श्रावन १५ काठमाडौ

दलित समुदाय पनि मानव हाे हामी मानब हाै किन भन्न नपाउने के नेपालमा दलित समुदायलाइ समाजिक न्याय प्राप्तकाे लागी साँस्कृतिक बिद्राेह तिर हामीले जवसजस्त धकेल्दै छाै रगत अछुत नहुने तर मान्छे अछुत कसले बनायाे भन्दै अखिल क्रान्तीकारीले काठमाडाैमा बिराेध प्रर्दशन गरेकाे छ।

विज्ञापन

नेपालकाे संबिधानकाे प्रस्तावनामा बहुजातिय बहुभाषिक बहुधार्मिक तथा भौगाेलिक बिबिधायुक्त बिशेषताहरुलाइ आत्मसाथ गरी बिबिधताबिचकाे एकता समाजिक साँस्कृतिक ऐक्कबद्धता सहिष्णुता र सदभावलाइ संरक्षण एबंम प्रर्वधन गर्दै बर्गिय जातिय क्षेत्रिय भाषिक धार्मिक लैङ्गिक बिभेद तथा सबै प्रकारका जातिय बिभेद तथा छुवाछुतकाे अन्त्य गर्ने उल्लेख छ।

तर आज नेपाली समुदायमा दलित समुदाय मानव समाज भन्दा छुटै समाज देख्ने साेच र चिन्तनकाे उपजका कारणले नेपाली दलित समुदाय दैनिक जातिय बिभेदकाे सिकार बन्दै छन यसकाे राेकथाम तथा कानुनी उपचारकाे लागी नेपालकाे संबिधान २०७२ काे धारा २४ र ४० काे मुल्य मान्यतामा निर्माण भएकाे जातिय भेदभाव तथा छुवाछु कसुर सजाय ऐन २०६८ लाइ सरकारले अक्षरस पालन गरी दलित समुदायकाे सामाजिक न्याय तथा मानव अधिकार सुरक्षाकाे लागी नेपाल सरकार गम्भीर हुनु पर्ने माग राख्दै जातीय विभेदविरुद्ध अखिल क्रान्तिकारी उपत्यकाले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सबै प्रकारका जातीय विभेदका कारणले भलै माेरङमा कुटिएकी बर्षा दर्जी काेठा बाहल लिन खाेज्दा जातकै आधारमा जतिय बिभेदकाे सिकार भएकी सञ्चारकर्मी ररुपा सुनार जुम्लाका बिबिन्द्र नेपाली एक प्रतिनिधी घटना नभइ राजले दलित समुदायमा गरेकाे सामाजिक बहिष्करणकाे ब्यबहार देखियकाले यसकाे मानव सभ्यतामा महिला र पुरुष बाहेक अरु कुनै जात नभएकाे र दलितकाे रगत चल्ने तर काेठा नचल्ने प्रवृतीलाइ अन्त्य गर्दै जातिय बिभेद गर्नेलाइ आजिवन कारावास सजाय काे ब्यबस्था गर्नु जस्ता माग राख्दै संगठनले माइतीघर अगाडी प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनमा सहभागीहरुले सबै खाले बिभेद अन्त्य गरौं, बैज्ञानिक समाजवादी व्यवस्था लागू गरौं, रगत चल्ने कोठ नचल्ने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता