ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जुम्लामा जातिय बिभेद गर्ने वडा अध्यक्ष फरार प्रहरीले अहिले सम्म अनुसन्धानकाे दायरमा ल्याउन सकेन

जुम्लामा जातिय बिभेद गर्ने वडा अध्यक्ष फरार प्रहरीले अहिले सम्म अनुसन्धानकाे दायरमा ल्याउन सकेन

जुम्ला सम्बाददाता श्रावन ३

जुम्ला जिल्लाकाे सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष कालिबहादुर बुढा र उनका छाेरा नविन बुढाले बिबेन्द्र नेपालीलाइ गरेकाे जातीय विभेद बिरुद्धकाे जाहेरी दुइ दिनकाे लामाे दबाव पश्चात असार २५ गते जिल्ला प्रहरी कार्यलय जुम्लामा दर्ता भएकाे दुइ साता बितिसक्दा प्रहरीले वडा अध्यक्ष र उनका छाेरालाइ अहिले सम्म अनुसन्धानकाे दायरमा ल्याउन सकेकाे छैन ।

विज्ञापन

जाहेरी दर्ता गरेकाे दुइ दिन पछि जिल्ला प्रहरी कार्यलयबाट पिडक लाइ नियन्त्रणमा लिन प्रहरी टाेली सिन्जा पुगे पनि भाैगाेलिक विकटाकाे कारण बाटाेमा समस्या भएकाेले सम्बन्धीत ठाउमा नपुग्दै अभियुक्तहरु फरार भएकाे प्रहरीले जनाएकाे छ।

यता जातीय विभेदका घटना लाइ प्रहरीले शुन्य सहनशीलता काम गर्ने र जातीय विभेद, तथा छुवाछूत लगयातका घटनालाइ प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान प्रक्रिया अगाडि बढाउन ढिला सुस्ती गर्नुले बिबेन्द्र न्याय नपाउने हुन की भन्ने शंका उत्पन्न भएकाे अधिकारकर्मी नरेश नेपालीले बताए।

पिडित बिबेन्द्र नेपालीले आफुविरुद्ध जातिय बिभेद गर्ने पिडक वडा अध्यक्ष कालि बहादुर बुढा र उनका छाेरा नविन बुढालाइ जातीय छुवाछुत छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ काे दफा ४ काे उपदफा १ र २ अनुरुप कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति हुने ब्यबस्था अनुरुप साजाय पाउ भनि उनले गत असार २५ गते जाहेरी दर्ता गरेका थिए ।

विभिन्न बहाना बनाएर पीडितलाई गलाउन खाेजिएकाे र मुद्दा प्रक्रियालाई झन्झटिलो बनाएर निरुत्साहित बनाउने खेल खेलिएकाे र अब त्यस्ताे खेलबाट प्रहरीकाे अनुसन्धानमा ढिलासुस्ती भए खबरदारीकाे जति बेला पनि आवश्यक पर्ने भएकाले सम्पुर्ण दलित अगुवा राजनैतिक दल तथा मानवअधिकार कर्मीलाइ पिडित नेपालीले न्यायकाे लागी पहल गरिदिन अनुराेध गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता