ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा 

बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा 

बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा 

साउन ५ काठमाडौं।

दलित समुदायको सामाजिक न्याय, मुक्ति र आत्मसम्मानको पक्षमा सशक्त आवाज उठाउने उद्देश्यसहित ‘दलित नागरिक अभियान नेपाल’ गठन गरिएको छ।

विज्ञापन

काठमाडौंमा सम्पन्न दलित अधिकारकर्मीहरूको बैठकले संविधान सभा सदस्य विनोद पहाडीको संयोजकत्वमा ५१ सदस्यीय दलित नागरिक अभियान नेपाल गठन गर्ने निर्णय गरेको हो।

बैठकको अध्यक्षता वरिष्ठ दलित अभियन्ता केशव परियारले गर्नुभएको थियो।

नवनिर्मित अभियानले दलित समुदायका अधिकार, समानता, सामाजिक न्याय, सम्मानजनक जीवन तथा संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि राज्यलाई निरन्तर खबरदारी गर्ने उद्देश्य लिएको जनाइएको छ।

साथै, दलित समुदायको हक–हित संरक्षण र सामाजिक रूपान्तरणका सवालमा अभियानले देशव्यापी रूपमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

बैठकको समन्वय गर्दै देशभरका दलित अभियन्ता तथा ऊर्जावान युवाहरूलाई एकै थलोमा जुटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका केशव परियारकुमार सुनारको योगदानप्रति सहभागीहरूले धन्यवाद व्यक्त गरेका छन्।

दलित अधिकारका क्षेत्रमा नयाँ अध्यायको सुरुवातका रूपमा हेरिएको यस अभियानले दलित समुदायको आशा, भरोसा र अपेक्षाअनुसार प्रभावकारी रूपमा कार्य गर्दै सामाजिक न्यायको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता