ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता

सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता

सल्यान असार  १९ गते 

ग्लोबल फोरम जापानको निर्धारित बैठक सामाजिक न्याय, समानता र विभेदविरुद्धको अभियानमा केन्द्रित भएर सम्पन्न भएको छ।

विज्ञापन

बैठकले सम्पूर्ण मुक्तिकामी सहिद तथा योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै इतिहासदेखि वर्तमानसम्म सामाजिक विभेद, जातीय छुवाछूत र अन्यायविरुद्ध संघर्ष गर्ने सबैप्रति सम्मान प्रकट गरेको छ। साथै, उनीहरूले देखाएको मुक्ति र सामाजिक न्यायको मार्गमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

नेपालमा विगत ७६ दिनदेखि सामाजिक न्याय र जातीय विभेदविरुद्ध “सरकार, कोठा खाली छ?” भन्ने नारासहित सञ्चालन भइरहेको सत्याग्रह तथा धर्ना अभियानप्रति पनि बैठकले ऐक्यबद्धता जनाएको छ।

ग्लोबल फोरम जापानले दिपा नेपालीको अगुवाइमा सञ्चालन भइरहेको उक्त सत्याग्रह धर्ना अभियानलाई पूर्ण समर्थन गर्ने निर्णय गर्दै सामाजिक न्याय, समानता र विभेदरहित समाज निर्माणका लागि विश्वभर रहेका नेपाली समुदायले समेत निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिएको जनाएको छ।

बैठकले सामाजिक न्यायको आन्दोलनलाई थप सशक्त बनाउन अन्तर्राष्ट्रिय स्तरबाट समेत नैतिक र वैचारिक समर्थन आवश्यक रहेको निष्कर्ष निकाल्दै कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता