जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कुमाख ६ मा एक दिने अभिमूखिकरण
असार २१ सल्यान
सबैखाले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कुमाख गाउपालिका ६ बडागाउँमा एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कुमाख गाउँपालिका वडा नं ६ काे आयाेजनामा वडाका दलित तथा गैरदलित समुदायकाे सहभागीतामा जातीय छुवाछूत तथा भेदभाव अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने उदेश्यका साथ एक दिने अभिमूखिकरण कार्यक्रम कुमाख ६ मा सम्पन्न भएको हाे।

वडा अध्यक्ष कर्णबहादुर बिकले कार्यक्रमकाे उद्धघाटन गर्दै दलित समुदायमा हुने जातीय छुवाछूत तथा भेदभावले नेपाली समाज अझै पनि विश्व परिस्थितिमा कलंकित हुने अवस्था रुकुम साेती घटनाले पुष्टि गरेकाे छ।

यसका लागि दलित समुदाय सचेत,संगठित,हुदै जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि संघर्ष गर्न नेपालकाे संविधान २०७२काे माैलिक हक धारा २४ र ४० अनुसार वैधानिक संघर्ष गर्नु पर्ने बताउनुभयो ।
अहिलेकाे राज्यव्यवस्था जातीय सबैखाले जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न संविधानकाे प्रस्तावनामा नै उल्लेख भएको छ तर यसकाे लागि सचेतना कम भएकोले संविधान र दलित अधिकारकाे बारेमा सचेतना फैलाउन अभिमूखिकरण कार्यक्रम आयाेजना गरिएको अध्यक्ष बिकले बताउनुभयो ।

एक दिने अभिमूखिकरण कार्यक्रममा प्रशिक्षक भिम बहादुर परियारले नेपालकाे दलित आन्दोलनको इतिहास, संविधान र दलित अधिकार, जातीय छुवाछूत तथा कसुर सजाय ऐन २०६८ ,कर्णाली प्रदेशमा दलित समुदायको अवस्था र प्रतिनिधित्व, लक्षित समुदायकाे स्थानीय तहमा सहभागीताका विषयमा अभिमूखिकरण गर्नुभएको थियोे ।
वडा अध्यक्ष कर्णबहादुर बिककाे अध्यक्षता तथा वडा सचिव दिलाराम कठायतकाे सञ्चालन कार्यपालिका सदस्य पवित्रा कवंरले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य जमुना बिक, वडा सदस्य ज्ञानु जैसी,मित्र प्रसाद डाँगी, नेकपा एमालेका गाउँसमिति अध्यक्ष रेमन्त प्रसाद शर्मा, माओवादी केन्द्र ६ नं वडा अध्यक्ष हरिलाल बुढा, अखिल समाजवादी जिल्ला अध्यक्ष अनिल सी, नेपाल बिद्यालय कर्मचारी संघ केन्द्रीय सदस्य, खडक बिक, बुद्ध जनकल्याण मा बि अध्यक्ष मानबहादुर खत्रीकाे विशेष उपस्थिति रहेको कार्यक्रममा ९५ जना प्रशिक्षार्थी र १० जना अतिथि सहित १सय ५ जनकाे सहभागीता रहेको थियोे ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा