पत्रकार सागर परियारलाई प्रतिष्ठित रोटरी ईन्टरनेश्नलको ‘रोटरी जर्नो अवार्ड’ प्रदान
जेठ ३ सल्यान
रेडियो नेपालका जुम्ला संवाददाता सागर परियारलाई प्रतिष्ठित रोटरी ईन्टरनेश्नलको ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरिएको छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विद्याका अवार्डमध्य यसवर्षको खानेपानी र सरसफाई तर्फको प्रतिष्ठित रोटरी जर्नो अवार्ड -२०२५ रेडियो नेपालकर्मी पत्रकार परियारलाई प्रदान गरिएको हो।
शनिवार ललितपुरमा आयोजित एक विशेष समारोहबीच रोटरी ईन्टरनेश्नलका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले पत्रकार परियारलाई ५१ हजार नगद र कदर पत्रसहित अवार्ड हस्तान्तरण गर्नुभयो ।
रोटरी ईन्टरनेश्नल संस्थाले नेपालमा दिगो शान्ति, खानेपानी तथा सरसफाई, शिक्षा तथा स्वास्थ्य लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ ।
विभिन्न विद्याका पुरस्कार मध्य खानेपानी र सरसफाई क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै परियारलाई अवार्ड प्रदान गरिएको बताइएको छ ।
#सागर परियारलाई प्रतिष्ठित रोटरी ईन्टरनेश्नलको ‘रोटरी जर्नो अवार्ड’ प्रदानसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा