ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
अमन परियारमाथि जातीय विभेद: शर्माविरुद्ध  कार्वाही काे माग

अमन परियारमाथि जातीय विभेद: शर्माविरुद्ध कार्वाही काे माग

बैशाख ३०

पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसका उपप्राध्यापक डा. देवीलाल शर्माले दलित विद्यार्थीमाथि अवहेलना गरेको भन्दै दलित विद्यार्थी समाजले आपत्ति जनाएको छ।

विज्ञापन

व्यवस्थापन संकायअन्तर्गत एमबिए फाइनान्सको औद्योगिक भ्रमणका क्रममा शर्माले क्याम्पसका विद्यार्थी अमन परियारमाथि जातीय हिसाबमा अपमानजनक शब्दहरू प्रयोग गरेको दलित विद्यार्थी समाजले विज्ञप्तिमार्फत कार्वाहीकाे माग गरेकाे छ।

विद्यार्थीले आपत्ति जनाउँदा पोखराबाट नै गायब गर्ने, ‘एनक्यू’ लगाई कहीँ न कतैको बनाइदिनेजस्ता धम्की दिएको भन्दै विद्यार्थीहरूले शर्मालाई क्याम्पसबाटै बर्खास्त गर्न माग गरेका छन्।

 

विद्यार्थीको विरोधपछि क्याम्पस प्रशासनले शर्मालाई व्यवस्थापन अनुसन्धान विभागको प्रमुखबाट भने हटाएको

प्रेस विज्ञप्ति मार्फत जानकारी गरिएको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता