सल्यानमा जबरजस्ती करणीका आरोपि भरुवा बन्दुक सहित पक्राउ

सल्यानमा जबरजस्ती करणीका आरोपि भरुवा बन्दुक सहित पक्राउ

असार २१,सल्यान 

सल्यानमा जबरजस्ती करणीका आरोपी भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

विज्ञापन

जिल्लाको त्रिवेणी गाउँपालिका ३ टोट्केका ४२ वर्षीय टोप बहादुर वली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यही असार १९ गते ४३ वर्षीया एक महिलालाई पीडितकै घरमा जबरजस्ती करणी गरेको आरोपमा पीडितले बिहीबार जाहेरी दिए पछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसी रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।

आरोपी वलीको घर खानतलासी गर्ने क्रममा घरको बैकलमा बारुद, फलामको टुक्रा भरी पड्काउन तयारी अवस्थामा राखेको एक नाले भरुवा बन्दुक फेला परेको उहाँको भनाई छ ।

आरोपित वलीलाई जबरजस्ती करण तथा हातहतियार खरखजना सम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ । निजलाई सल्यान जिल्ला अदालत सल्यानबाट ४ दिनको म्याद थप लिइएको सूचना अधिकारी धमलाले बताउनु भयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता