सुर्खेतमा धारिलाे हतियार प्रयाेग गरी श्रीमानले गरे श्रीमतीकाे हत्या

सुर्खेतमा धारिलाे हतियार प्रयाेग गरी श्रीमानले गरे श्रीमतीकाे हत्या

मंसिर २० सुर्खेत 

सुर्खेतमा धारिलाे हतियार प्रयोग गरी श्रीमानले आफ्नै श्रीमतीकाे हत्या गरेका छन।

विज्ञापन

जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्मा बस्ने ३८ वर्षिय अम्मर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी काटि टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेका अवस्थामा प्रहरीले पक्राउ गरिएको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वाथ्य चौकी पछाडिबाट पक्राउ गरेको हो ।

उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बावियाचौरबाट १३ जनाको प्रहरी टोली खटिएको छ । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ । घटनाको कारण भने खुल्न बाकी रहेको र आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बावियाचौरले जनाएकाे छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता