सुर्खेतमा तीजकाे नाच हेर्न गएका २४ वर्षीय युवकाे मृत्यु

सुर्खेतमा तीजकाे नाच हेर्न गएका २४ वर्षीय युवकाे मृत्यु

१५ भदौ,सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा तीजकाे नाच हेर्न गएका २४ वर्षीय युवकाे मृत्यु भएकाे छ।

विज्ञापन

तिजकाे नाच हेर्न गएका युवाहरूकाे दुई समूह बिच झडप हुदा युवकाे मृत्यु भएकाे हाे।

मंगलबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बामे खोला पटानटोलमा तीजको नाच हेर्न गएका दुई समुह बीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन।

हाल घटनाको थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको पहिचान र खोजी जारी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता