हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

फागुन २२ सुर्खेत। 

कृष्णा हमाल मृत्यु प्रकरणको सत्यतथ्य छानविनको लागी सुर्खेतका साहयक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।

विज्ञापन

शुक्रबार राति नेपालगञ्जबाट आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का हमालको शनिवार बिहान मृत्यु भएको रहस्यमय घटनाको सत्यतथ्य बुझ्न छानविन समिती गठन गरेका साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

शुक्रवार नेपालगंञ्जबाट कालीकोटका लागी छुटेको भे १ क ९२२ नंम्वरको मालबाहक ट्रकमा कालीकोटका कृष्ण हमालमाथी सुव्वाकुना प्रहरी चौकीले चेकजाँचका क्रममा निर्घात कुटपिट गरेका कारण शनिवार हमालको मृत्यु भएको उनको परिवारले जनाएको छ।

कालीकोटका हमाल मृत्यु प्रकरणमा उनका बुवाले वीरेन्द्रनगर–११ मा रहेको सुब्बाकुना प्रहरी चौकीका ईञ्चार्ज शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दिए सगै सहायक प्रहरी निरीक्षक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हमालको मृत्यु प्रहरीको कुटाईबाट भएको आरोप आफन्तले लगाएपनि प्रहरी भने यसबारेमा प्रष्ट बोलेको छैन।
हमालको शव पोष्टमार्टमको प्रक्रियामा रहेको जिल्ला प्रहरी कर्यालय सुर्खेतले जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता