बालिकालाई बेच्ने प्रयास गरेका आरोपित गिरफ्तार

बालिकालाई बेच्ने प्रयास गरेका आरोपित गिरफ्तार

माघ ११ पर्षा

बालिकालाई बेच्ने प्रयास गरेका आरोपित गिरफ्तार भएका छन।

विज्ञापन

१४ वर्षीया बालिकालाई भारतमा लगी बेच्न खोजेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–१६ स्थित शङ्कराचार्य प्रवेशद्वार नजिकबाट चितवन जिल्ला भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क बस्दै आएका २८ वर्षीय राजु अधिकारीलाई माघ १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिका परिवारको सम्पर्कमा नभएको एक महिना पुगेको छ । उनको खोजतलास भइरहेको थियो ।

आरोपितले शङ्कराचार्यद्वार हुँदै भारततर्फ लैजान लाग्दा बालिकालाई फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

आरोपितले पीडित बालिकासँग एक महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाएर अर्घाखाँची लगी विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई बीरगंज बसपार्कसम्म ल्याएको प्रहरीको आरोप छ ।

पर्सा जिल्ला अदालतबाट माघ ११ गते सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताउए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता