पाल्पामा बालिका बलात्कार गर्ने बाबुलाइ २५ बर्ष जेल सजाए
माघ ११ पाल्पा
पाल्पामा बालिका बलात्कार गर्ने बाबुलाइ २५ बर्ष जेल सजाए फैसला भएको छ।
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले ३१ वर्षीय बाबुलाई २५ वर्ष कैदको फैसला सुनाएको हो ।
न्यायाधीश खड्कबहादुर केसीको इजलासले माघ १० गते २५ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउए।
पीडित बालिकालाई आरोपितल ०७८ जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते प्रहरीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते पाल्पा अस्पतालमा गरिएको थियो ।
आरोपितविरुद्ध प्रहरीले असार ४ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएकोमा जिल्ला अदालतको असार ६ गतेको आदेशले आरोपितलाई थुनामा पठाएको थियो ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा