देवरको हत्यापछि जलाएको आरोपमा सल्यानमा दुइ महिला पक्राउ

देवरको हत्यापछि जलाएको आरोपमा सल्यानमा दुइ महिला पक्राउ

सल्यान,मंसिर १०
सल्यानमा एकजनाको हत्या भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटमा देवरको हत्या गरेको आरोपमा दुइजना महिलालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
सल्यानको शारदा नगरपालिका–५ रानीकोटमा शुक्रवार बिहान ३३ वर्षीय शेर बहादुर चन्दको शव आधा जलेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको जनाएकाे छ ।
घटनाकाे अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्याम प्रसाद यादव का अनुसार हत्या आरोपमा पक्राउ परेकी मृतककी भाउजु २६ वर्षीया लक्ष्मीचन्द र छिमेकी भाउजु नाता पर्ने २५ वर्षीया राधा पौडेललाइ अनुसन्धानका लागी नियन्त्रणमा लिइएकाे छ ।

मृतककी भाउजु लक्षमी चन्दले शुक्रवार बिहान सदरमुकाममा खलंगामा रहेको बैंकमा गएकाे बेला स्थानीय अटो चालक शेर बहादुर बुढाथाेकीसंग देवरले आफुलाइ बलात्कार गर्न खाेज्दा घटना भएकाे बारे भन्दै आफुलाइ बचाइदिन अनुराेध गरेपछि घटना बाहिर आएको हो ।

घटनाको प्रकृति हेर्दा हत्या नै भएको र शव आधा जलेको अवस्थामा भेटिएपछि सबुत प्रमाण नष्ट गरेको देखिन्छ । स्थानीय जनप्रतिनिधिका अनुसार मृतकको हत्या भएको हुन सक्ने शारदा नगरपालिकाका –५ का वडा अध्यक्ष प्रदीप शाहीले बताउनुभयाे ।

घटना थाहा पाए लगतै प्रहरीलेघटनाबारे अनुसन्धान शुरु गरी सकेको छ । तर घटना यही कारणले भएको भनेर अहिलैनै पुष्टी भइ सकेको छैन् । लिंगका आधारमा कसैलाइपनि हत्या हिंसा गर्नु हुंदैन भनेर देशव्यापी अभियान चली रहेको समयमा भएको यस्तो हिंसक गतिविधीले स्थानीयहरुलाइ त्रसित बनाएको छ 

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता