बारामा दलित जनप्रतिनिधी लाइ निर्घात कुटपिट

बारामा दलित जनप्रतिनिधी लाइ निर्घात कुटपिट

२०७८ भदौ ५ बारा

बारामा दलित जनप्रतिनिधि लाइ निर्घात कुटपिट् गरिएकाे छ।

विज्ञापन

बाराको कलैया उपमहानगरपालिका वडा नं २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् ।

प्रहरीले तारादेवीलाई उद्दार गरी उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ। आक्रमण भएको सूचना पाएलगत्तै गएको प्रहरी टोलीले तारादेवीको उद्दार गरेको छ ।

पासवानमाथि स्थानीय जोगिन्द्र साह सहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात गरेको बताइएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता