ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
साइबर अपराध सम्बन्धी कसुरमा खड्का पक्राउ

साइबर अपराध सम्बन्धी कसुरमा खड्का पक्राउ

असार ८ सल्यान

साइबर अपराध सम्बन्धी कसुरमा  चालु मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ।

विज्ञापन

सल्यान जिल्ला कुमाख गाउँपालिका–६ आनन्दपुर निवासी वर्ष अन्दाजी २९ का युवराज खड्का लाई आज बिहान करिब ८:३० बजे जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले शारदा नगरपालिका वडा नं ४ साइलाकम्दा क्षेत्रबाट नियन्त्रणमा लिएको हाे।

साइबर क्राइम सम्बन्धी चालु मुद्दामा फरार रहेका खड्कालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता