जातीय भेदभाव मुद्दामा फरार पत्रकार थापा पक्राउ
मालती बि क, सुर्खेत जेठ १२
राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रका एक प्रतिनिधि व्यक्ति, पत्रकार शेर बहादुर थापा, जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा पक्राउ परेका छन्।
पहिलो प्रेस डटकमका सञ्चालक समेत रहेका पत्रकार थापा २०८२ जेठ १२ गते बिहान १०:१५ बजे विरेन्द्रनगर नगरपालिका–१० बाट पक्राउ परेका हुन्।
उनीमाथि २०८२ वैशाख ११ गते जातीय भेदभाव गरेको कसुर अभियोगमा मुद्दा दर्ता गरिएको थियो।
मुद्दा दर्ता पछि फरार रहेका थापालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
हाल उनलाई प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
सञ्चार जस्तो जिम्मेवार क्षेत्रमा आबद्ध व्यक्तिबाट भएको यस्तो कार्य गम्भीर र निन्दनीय भएको दलित अधिकारकर्मीहरुले बताएका छन।
जातीय भेदभाव सामाजिक दृष्टिले अपराध हो भने कानुनी दृष्टिले दण्डनीय मानिन्छ। “छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८” अनुसार कसैले जातीय भेदभाव वा छुवाछूत गरेमा तीन वर्षसम्म कैद, वा तीस हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजायको व्यवस्था छ।
#जातीय भेदभाव मुद्दामा फरार पत्रकार थापा पक्राउसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा