सल्यानमा आइतबार भएको जिप दुर्घटनामा १ जनाको उपचारका क्रममा मृत्यु
जेठ १२,सल्यान सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौ जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते सल्यानको कपुरकोट गाउँपालिका– ५ रिम निवासी ६२ वर्षीया भिमा बुढाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । भिमाको उपचारका क्रममा नेपालगन्ज स्थित नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका…















