लोपोन्मोख राउटे समुदायको ब्यबस्थापनको लागी  छिटै कानुन ल्याउछौ ,कानुन मन्त्री नेपाली

लोपोन्मोख राउटे समुदायको ब्यबस्थापनको लागी छिटै कानुन ल्याउछौ ,कानुन मन्त्री नेपाली

सल्यान २०७८ श्रावन २३  

सल्यान जिल्लाको कालीमाटी गाउपालिका वडा नं ५ काल्चेको चिसापानीमा  रहेको राउटे समुदायको बस्तीमा राहत बितरण गर्दै लोपउन्मुख राउटे समुदायको ब्यबस्थापनको लागी छिटै कानुन ल्याउने कर्णाली प्रदेश सरकार कानुन मन्त्री सिता नेपालीले बाताएकी छिन।

विज्ञापन

सामाजिक बिकास मन्त्रालय तथा सामाजिक सेवा केन्द्र दैलेख को आयोजनमा ४६ घरधुरी राउटे समुदायलाइ खाद्यन्न त्रिपाल, मुला, दाल, नुन, चामल, कपडा बतरण कार्यक्रममा बोल्दै मन्त्री नेपालीले कर्णाली प्रदेशमा लोपोन्मोख जातीको रुपमा रहेको राउटे समुदायको पछिल्लो घटनाक्रमले सामाजिक सुरक्षाको चुनौती बढ्दै गएकाले राउटे समुदायको ब्यबस्थापनको लागी कानुन निर्माण गरी प्याकेजमा सबै समस्या सामाधान गर्ने उदेश्यले कानुन निर्माण गर्न थालिएको बताइएकी हुन ।

smart

कर्णाली प्रदेशको सल्यान, जाजरकोट, कालीकोट ,दैलेख  र सुर्खेतमा बस्न मन पराउटे राउटे समुदायको छुटै खालको साँस्कृती र साँस्कार भएको र  राउटे समुदायले आफै सिलाएका कपडा लगाउने बजारबाट ल्याएको खानेकुरा नखाने र बनको राजा भन्न मन मराउने राउटे समुदायको पछिल्लो समयमा सामाजिक आचरण फेरिदै गएकाले राउटेको सामाजिकीकरण गर्न आबश्यक भएकोले कानुन निर्माण गर्न लागेके मन्त्री नेपालीले बताइन।

smart

राउटे समुदायले पछिल्लो समयमा मदिरा तथा सुर्ती जन्य पदार्थ अत्याधिक सेवनले उनिहरको सुरक्षामा चुनौती बढेकोले अब राउटे समुदायका कोही कसैलाइ मादक पदार्थ बिक्री बितरण गर्ने गरेमा पसललाइ कार्वाही गर्ने बताइन।

मन्त्री नेपाली संग राउटेका मुखिया  बिरबहादुर शाहीले आफुहरुलाइ सामुदियक बनले काठ नदिने भएकाले राउटेको प्रम्परागत हस्तकला बिस्तारै हराउदै जाने भएकाले आफुहरुले निर्वात रुपमा काठ काट्न पाउनु पर्ने माग राखेका थिए।उनले महिला तथा बालबालिकालाइ कपडा पौष्टिक खानेकुरा उपलब्ध गराउनु पर्ने पनि बताएका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता