ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जनयुद्धका वीर सहिद चक्रबहादुर बस्नेत( क. संग्राम) काे २३ ओै स्मृति सभा कार्यक्रम सम्पन्न

जनयुद्धका वीर सहिद चक्रबहादुर बस्नेत( क. संग्राम) काे २३ ओै स्मृति सभा कार्यक्रम सम्पन्न

बैशाख १९ सल्यान

जनयुद्धका महान वीर सहिद चक्रबहादुर बस्नेत(क.संग्राम)काे २३ ओै स्मृति सभा कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन

माओवादी केन्द्र छत्रेश्वरी गाउँसमिति २ नं वडा समितिकाे आयाेजनामा जनयुद्धका महान सहिद चक्रबहादुर बस्नेत (क.संग्राम) काे २३ स्मृति सभा कार्यक्रम महान सहिद परिवार संग्रमाकाे निवास गुराँसेमा सम्पन्न भएको हाे।

माओवादी केन्द्र छत्रेश्वरी गाउँ समिति २ नं पार्टी उपाध्यक्ष मनिराम बिक (क. अनुसन्धान)काे अध्यक्षता तथा १ नं पार्टी अध्यक्ष प्रदिप याेगीकाे सञ्चालनमा आयाेजना गरिएको स्मृति सभा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य सल्यान जिल्ला ईन्चार्ज किर्ति बहादुर पुन( क. प्रकाण्ड सिंह)काे प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं २ संयाेजक चित्र बहादुर केसी(क.भास्कर)काे बिशिस्ट अतिथ्यता प्रदेश समिति सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँ समिति इन्चार्ज प्रेम बहादुर खड्का (क. प्रभात)

प्रदेश सदस्य छत्रेश्वरी गाउँ समिति सह- इन्चार्ज बिष्णु थापा , प्रदेश सदस्य हरिलाल डि सी (क.दाेभान) प्रदेश सदस्य तथा छत्रेश्वरी गाउँ समिति अध्यक्ष हिमाल यात्री,जिल्ला समन्वय समिति सदस्य तथा गाउँ समिति उपाध्यक्ष भिम बहादुर परियार, नेकपा एमाले जिल्ला समिति सदस्य तेजबहादुर याेगी, जिल्ला सल्लाह सदस्य प्रेम बहादुर बस्नेत( क.परिभेष)

गाउँ समिति सदस्य बम बहादुर केसी, दाेलकी बिक,युवराज खड्का, महान सहिदकाे जीवन संगेनी ललिता बस्नेत, महान सहिदकाे भाइ चुडामणिा बस्नेत, आदरणीय सहिद परिवारजनहरु स्थानीय आदरणीय जनसमुदायकाे बिशेष उपस्थितिमा सहिद संग्रामकाे २३ ओै स्मृति सभा कार्यक्रम सम्पन्न भएको हाे।

वीर सहिद संग्रामका भाइ चुडामणिा बस्नेतकाे स्वागत मन्तव्य तथा प्रमुख अतिथि ,बिशिस्ट अतिथि तथा अतिथिहरुबाट महान सहिदकाे फाेटामा माल्यार्यापन गर्नु भएको थियोे ।

सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि किर्ति बहादुर पुन (प्रकाण्ड सिंहले जनयुद्धकाे एक कमान्डरकाे रुपमा रहनु भएका संग्राककाे २३ ओै स्मृति सभा कार्यक्रमले जनयुद्ध झल्काे दिएकाे बताउदै क्रान्तिमा बलिदान दिन सक्ने मान्छेकाे मात्रै इतिहास रहन्छ सबैले क्रान्ति बुझ्न र बलिदान गर्न नस्सक्ने बताउनु भयाे।

सचेत जनताले एकात्मक राज्यव्यवस्थाले गरेकाे उत्पीडनका विरुद्ध संघर्ष सरुवात गरेकाे र संग्राम सहित हजारौं सहिदकाे उच्च बलिदानबाट एकात्मक राज्यव्यवस्थाकाे नाईके राजतन्त्रको अन्त्य भएको बताउनु भयो।

जनयुद्धका सहिद हरुलाई प्रतिगामीले आतंककारी भन्ने गरेकाे र महान सहिदहरुलाई प्रचण्ड सरकारले राष्ट्रिय सहिद घाेषणा गरेकाे र सबै सहिद परिवार प्रति राष्ट्रिय सम्मान गरेकाेले प्रतिगामीले जनयुद्ध दिवसमनाउने नदिन सर्वाेच्च अदालतकाे सहारा लिएको बताउनु भयो ।
जनयुद्ध उत्पीडितका लागि मुक्तिमार्ग भएको बताउद‌ै माओवादी जनयुद्धकाे जगमा अहिले उत्पीडित बर्ग समुदायकाे राज्यमा प्रतिनिधित्व भएको प्रतिगामीलाई स्वीकार भएको छैन यसका लागि प्रतिगामी हर्कत विरुद्ध सम्पूर्ण सहिद परिवार उत्पीडित बर्ग समुदाय, दलित ,जनजाति, संघीयता, गणतन्त्र,समानुपातिक समावेशी,धर्मनिरपेक्षता पक्षमा लाग्न र यसकाे जगमा समाजवादी क्रान्ति सम्पन्न गर्न फेरि माओवादी पार्टीलाई ०६४ काे स्थानमा जिताउन अपिल गर्नु भयाे।

संग्राम सहभागी भएका माेर्चाहरु
खरिबाेट एम्वुस कार्वाही
झिम्पे टावर कार्वाही
नेपाल बैंक लिमिटेड सल्यान कार्वाही
चिल्ढाले एम्वुस कार्वाही
चाख्लीघाट एम्वुस कार्वाही
सुर्खेत धारापानी कार्वाही
संखमुल एम्बुस कार्वाही
वागचाैर एम्बुस कार्वाही
पाण्ढल एम्बुस कार्वाही
रामपुर प्रहरी चाैकी कार्वाही
घाेराही आक्रमण
कपुरकाेट टावर आक्रमण

२०५२ सालमा बिद्यार्थी संगठनमा जाेडिनुभएका संग्राम २०५४ सालमा स्क्वाइड कमान्डर हुँदै एफजिएलकाे भूमिकामा रहनु भएका संग्राम पलाटुन भिसीकाे जिम्मेवारी रहेकाे बताउदै
संग्रामकै नेतृत्वमा ठुला ठुला एम्वुस कार्वाहीमा सक्षम सहभागी जनाउनु भएको संग्राम २०५६ माघ १२ काे रापुर प्रहरी चाैकी कार्वाहीमा घाइते हुनभएकाे थियो ।
पार्टी डिसिएमकाे जिम्मेवारीमा रहनुभएका संग्राम उपचारका क्रममा २०५९ सालमा बैशाख १९ गते भारतकाे पिजिआई अस्पतालमा उपचारकाे क्रममा सहादत भएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता