ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दैलेखमा उत्पादन बिशेष कार्यक्रम अन्तर्गत ४३ जना किसानलाइ बाख्रा वितरण

दैलेखमा उत्पादन बिशेष कार्यक्रम अन्तर्गत ४३ जना किसानलाइ बाख्रा वितरण

चैत २५

उत्पादन बिशेष कार्यक्रम अन्तर्गत दैलेखमा ४३ जना किसानलाई बाख्रा वितरण गरिएको छ।

विज्ञापन

कर्णाली प्रदेश सकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेख र दुल्लु नगपालिका दैलेखको साझेदारीमा दुल्लु नगरपालिका ११ का कनका सुन्दरी कृषक समुहका ४३ जना किसानलाइ बाख्रा वितरण गरिएको हो।

कर्णाली प्रदेश सकारको आर्थिक वर्ष ०८१।८२ को विनियोजित वजेट र दुल्लु नगरपालिका दैलेखको सहकार्यमा उत्पादन बिशेष कार्यक्रम अन्तर्गत दुल्लु नगरपालिका वडा नं ११ को कनका सुन्दरी बाख्रा पालन समुहका ४३ जना दलित समुदायका किसानहरुलाइ प्रतिव्यक्ति २ गोटा बाख्रा गरि जम्मा ८६ गोटा बाख्रा र १ टोलमा एक बोयर बोका गरेर ३ गोटा बोयर बोका वितरण  पशु अस्पताल पशुसेवा कार्यालय दैलेख प्रमुख प्रचण्ड खडका दुल्लु नगर प्रमुख भरत रिजाल  योजना शाखा प्रमुख भिम विष्ट दुल्लु नगर उप प्रमुख विना कार्की को बिशेष उपस्थितमा पशुपालन अन्तर्गत बाख्रा वितरण गरिएको हो।

बाख्रा वितरण कार्यक्रममा एक दिने पशु स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण तथा पशु स्याहार सम्बन्धी किसानलाइ अभिमुखिकरण गरिएको प्रमुख प्रचण्ड खड्काले जानकारी दिनु भएको छ।

बाख्रा वितरण कार्यक्रममा ११ नम्वर वडा अध्यक्ष सुरेन्द्र भण्डारी १२ नम्वर का वडा अध्यक्ष लिला राम लम्साल समाज सेवि टंक रिमाल,११ नम्वर वडा सदस्य पशु प्राबिधिक जय प्रकाश केसी, कृपाराम ढकालको उपस्थिति रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता