माओवादी केन्द्र छत्रेश्वरी ३ नं द्वारा महान सहिद बुढाथोकीकाे २३ ओै स्मृति सभा आयाेजना
चैत १३ सल्यान
माओवादी केन्द्र छत्रेश्वरी गाउँ समिति ३ नं वडा समितिकाे आयाेजनामा महान सहिद राम बहादुर बुढाथोकीकाे २३ ओै स्मृति सभा कार्यक्रम आयाेजना गरिएको छ।
आज चैत १३ गते महान आदरणीय सहिद राम बहादुर बुढाथोकीकाे तत्कालीन शाही नेपाली सेनाले निर्मम रुपमा हत्या गरेकाे दिन उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पन गर्न तथा महान सहिद परिवार ,सहिद सन्तति तथा उहाँको सम्पूर्ण परिवारजन प्रति उच्च सम्मान प्रकट गर्न उक्त कार्यक्रम आयाेजना गरिएको माओवादी केन्द्र ३ नं अध्यक्ष लाल बहादुर थापाले जानकारी दिनुभएको छ।
उहाँले भन्नुभयो आज कमरेड राम बहादुर बुढाकाे हत्या भएको २३ बर्ष पुगेछ।
एउटा नागरिक जाे बाँच्नकाे लागि राेजीराेटी जुटाउन सरकारी जागिर गर्ने ब्यक्ति माओवादी आराेपमा बिचबाटाे बाटै राज्य राक्षस बन्छ र कमरेड राम बहादुर बुढाथाेकी त्यसकाे गिद्धे नगरमा पर्नु हुन्छ।
घटना २०५८ साल चैत १३ गते आजकै दिन हाे छत्रेश्वरि गाँउपालिका वडा नं ३ साविक झिम्पे खारखाेला निवासि राम वहादुर वुढाथाेकी लाई जागिरकाे शिलशिलामा आफ्नाे कर्मक्षेत्र श्रीनगर जाँदै गर्दा साविक छायाक्षेत्रकाे कुरिले वाट गिरफ्तार गरि माओवादीहरु कहाँ बस्छन भन भन्दै कुरिलेवाट झिम्पेकाे खारखाेला लगेर माओवादी कार्यक्रताहरु म लगाएत लक्ष्मी वाेहरा स्थानीय माओवादी नेताहरु मान वहादुर थापा,झुप वहादुर केसि लगायत लाई गिरफ्तार गर्न खाेज्दा मैले शाहि सेनालाई प्रतिराेध गरेर उम्कन सफल भएको हुँ उहाँले भन्नु भयो तर कमरेड राम बहादुर बुढाथाेकीलाई जनताकाे माझमा ड्याङ्ग गाेली हानेर ढालियाे।
र उहाँ हामी माझ रहनु भएन आज उहाँकै सम्झनामा २३ ओै स्मृति सभा कार्यक्रम माओवादी केन्द्र छत्रेश्वरि गाउँ समिति वडा नं ३ काे आयाेजनामा हुने स्मृति सभा कार्यक्रमले सम्पूर्ण माओवादी फेरि एकताबद्ध हुने र सहिदहरुले देखाएको बाटाेमा अगाडि बढ्ने प्रतिबद्धता गर्ने दिन पनि भएकोले सम्पूर्ण माओवादी घटक हरु एकताबद्ध हुन अनुरोध गर्नु भयो ।
#माओवादी केन्द्र छत्रेश्वरी ३ नं द्वारा महान सहिद बुढाथोकीकाे २३ ओै स्मृति सभा आयाेजनासामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा