जातीय भेदभाव अन्त्य गर्न प्रदेश सरकार दलित समुदाय संगै सहकार्य गर्न तयार छः मन्त्री भण्डारी
चैत ८ सुर्खेत
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दलित समुदायले भोगेका विभेद अन्त्य गर्न प्रदेश सरकार दलित समुदायको माझमा रहेको बताउनु भएको छ
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ६० औ अन्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री भण्डारीले प्रदेश सकार दलित समुदायकझ सामाजिक न्याय र समृद्धिको पक्षमा भएको बताउनु भएको हो।
अहिले प्रदेश सकारले दलित सशक्तिकरण विधेयक पास गरेको छ यो दलित समुदायको पक्षमा नै भएको जोड दिदै अव दलित समुदाय प्रदेश सकारको मुलधारमा आउन सकेको बताउनु भयो।
सरकार कर्णालीका २९ प्रतिशत दलित समुदायको पक्षमा छ छैन भन्ने कुरा यो विधेयकले पुस्टि गरेको छ उहाँले भन्नु भयो। विधेयक पास हुने कुरा भन्दा पनि कार्यान्वयन हुने कुरा महत्वपुर्ण भएकोले दलित समुदायले विधेयक कार्यान्वयनमा नआउदा सम्म सरकारलाइ दवाव दिन आग्रह गर्नु भयो।

समानता, सामाजिक न्याय, र जातीय विभेद उन्मूलनका लागि ऐक्यवद्धता निर्माण भन्ने मूल नाराका साथ आयोजना गरिएको ६० औ अन्तराष्ट्रिय जातिय भेदभाव दिवस कार्यक्रमको आयोजना
कर्णाली प्रदेश प्रतिष्ठानले गरेको थियो।

प्रतिष्ठानका अध्यक्ष बसन्त कुमार विश्वकर्माकाे अध्यक्षतामा समपन्न भएको कार्यक्रमा कर्णाली प्रदेश सकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीकाे प्रमुख आतिथ्यता कर्णाली प्रदेशसभा सदस्य माननीय उर्मिला विश्वकर्मा र माननी लक्ष्मी सुनारकाे विशेष आतिथ्यता रहेको कार्यक्रममा मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयाेजक, नवज्योति केन्द्र प्रमुख सिष्टर राेसिटा, अधिवक्ता मंगलसेन सार्की, रूकुम विश्वकर्मा, अनु सी, राजेश शाेनी ,राष्ट्रिय मानवअधिकार आयाेग कर्णाली प्रदेश कार्यालय प्रमुख रमेश कुमार थापा, इन्सेक कर्णाली प्रदेश, दलित महिला संघ सुर्खेत, सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ओम वहादुर विश्वकर्मा बिशेष उपस्थित रहेको थियो

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा