ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जनक्रान्तिका महान सहिद परिवार समाज, नेपाल सल्यानको अध्यक्षमा रविकिरण वली

जनक्रान्तिका महान सहिद परिवार समाज, नेपाल सल्यानको अध्यक्षमा रविकिरण वली

फागुण ८, सल्यान ।

जनक्रान्तिका महान सहिद परिवार समाज, नेपाल सल्यानको अध्यक्षमा रविकिरण वली निर्वाचित हुनुभएको  छ।

विज्ञापन

आज  सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं ३ को बागचौरमा सम्पन्न  तेस्रो जिल्ला सम्मेलनबाट वलीको अध्यक्षता निर्वाचित हुनुभएको हो।

 

 

सम्मेलनबाट सबै पालिकालाई समेट्ने गरि  १३ सदस्यीय  जिल्ला समिति  निर्वाचित गरिएको छ ।

जसको उपाध्यक्षमा देवी केसी, सचिवमा हेमन्त वली, सहसचिवमा नविन भडेल र कोषाध्यक्षमा  होमिन्द्रा बस्नेत निर्वाचित भएका छन ।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृति बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका प्रदेश अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक दिलमाया बुढा मगर को अध्यक्षता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका सदस्य देवीलाल गौतम, केन्द्रीय सदस्यहरू टिकाराम वली, चित्र बहादुर केसी, समाजका केन्द्रीय सदस्य शान्ति ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।सम्मेलनले पालिका स्तरमा बैशाख २० गते भित्र भेला तथा सम्मेलन गर्ने र सहिद परिवारको तथ्यांक संकलन गर्ने निर्णय गरेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता