ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
गठबन्धनका साझा उम्मेदवार सञ्जय हमाल शिवजन क्याम्पसकाे सभापतिमा विजयी

गठबन्धनका साझा उम्मेदवार सञ्जय हमाल शिवजन क्याम्पसकाे सभापतिमा विजयी

चैत ५, सल्यान   शिवजन क्याम्पस, सितलपाटी, सल्यानमा सम्पन्न स्ववियु निर्वाचन २०८१ को मतगणना सम्पन्न भएको छ । निर्वाचनमा अध्यक्ष पदमा सञ्जय हमाल विजयी भएका छन् ।

मतपरिणाम अनुसार, हमालले १९४ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए भने उनका प्रतिस्पर्धी रोषन खड्कीले ८७ मत पाए ।

विज्ञापन

त्यस्तै, उपाध्यक्ष पदमा आभिष चनारा १८२ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कमल थापले ९७ मत मात्र प्राप्त गरे ।

कोषाध्यक्ष पदमा यारम रावत १८५ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिस्पर्धी सिर्जना के.सी.ले ९६ मत प्राप्त गरिन् ।

निर्वाचनमा जम्मा २९६ मत खसेको थियो ।
विजय भएका उम्मेद्वारहरू नेपाली काग्रेश, नेकपा एमाले र नेकपा निकट विद्यार्थी हुन भने पारजितहरू नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन हुन ।
क्याम्पस स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता