पाल्पामा अखिल (क्रान्तिकारी )को प्यानल विजयी हुने स्ववियु सभापतिका उम्मेदवार  घर्ती मगरको दाबी

पाल्पामा अखिल (क्रान्तिकारी )को प्यानल विजयी हुने स्ववियु सभापतिका उम्मेदवार घर्ती मगरको दाबी

 

पाल्पा – त्रिभुवन बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरू चुनावी अभियानमा तिव्र रूपमा सक्रिय छन् । अखिल (क्रान्तिकारी)का तर्फबाट सभापतिका उम्मेदवार मिलन घर्ती मगरले आफ्नो प्यानल विजयी हुने दाबी गर्दै विद्यार्थीहरूलाई संगठित हुन आग्रह गरेका छन् ।

विद्यार्थीहरूको हकहितका लागि निरन्तर संघर्षरत रहँदै आएका घर्तीले शिक्षामा गुणस्तर सुधार, शुल्क वृद्धिको विरोध, तथा विद्यार्थी कल्याणका पक्षमा आफू कटिबद्ध रहेको बताएका छन् । उनले भने,“विद्यार्थीका जायज मागहरू पूरा गराउन प्रशासनसँग वार्ता गर्ने र समस्या समाधान गर्ने मेरो प्राथमिकता रहनेछ ।”

अखिल (क्रान्तिकारी )संगठनले विगतदेखि नै विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसै सन्दर्भमा, प्रगतिशील विद्यार्थी संगठनको समर्थन गर्नेहरूलाई मिलन घर्ती मगरलाई मतदान गर्न अपिल गरिएको छ ।

उनले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका विद्यार्थीहरूको समस्या सम्बोधन गर्ने, अध्ययन वातावरण सुधार गर्ने तथा शैक्षिक गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्ववियु सभापति विद्यार्थीहरूको प्रतिनिधि हो, जसले प्रशासनसँग विद्यार्थी पक्षको आवाज उठाउनु पर्छ ।उनले भने, “मैले सधैं विद्यार्थीहरूको समस्यालाई प्राथमिकता दिएको छु, भविष्यमा अझ प्रभावकारी रूपमा काम गर्नेछु ।”