माओवादी केन्द्र बुटवलले मनायो माओ जन्मजयन्ती

माओवादी केन्द्र बुटवलले मनायो माओ जन्मजयन्ती

बुटवल – नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) बुटवल नगरकमिटीको आयोजनामा विहिबार एक कार्यक्रमका विच विश्व कम्युनिस्ट महान् नेता माओत्सेतुङको १३२ औं जन्मजयन्ती मनाएको छ ।

कार्यक्रममा बाल्दै माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बामदेब क्षेत्रीले माओका विचार र माओले प्रतिपादन गरेका सिद्वान्त समय सापेक्ष रहेको बताउदै माओका विचारलाई आत्मसात गर्नुपर्ने बताए । उनले कम्युनिस्टको नाममा गैर कम्युनिस्ट हाबी हुँदै गएकाले त्यसतर्फ सचेत भएर माओले देखाएको बाटोमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द केसी , रुपन्देही जिल्ला संयोजक नारायण जि.शी (निर्मल ), अनुशासन आयोगका केन्द्रिय सदस्य निमानन्द गैरे, पुष्पराज ढकाल ( क्षितिज), टीका वलि लगाएत नेता कार्यकताको उपस्थिति रहेको थियो ।

कार्यक्रम माओवादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुषालको अध्यक्षता तथा विजय आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।