एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि सुनगाभा स्कूललाई
एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि सुनगाभा पब्लिक स्कुलले जितेको छ । सैनामैना नगरपालिका वडा नम्बर–४ मा रहेको आदर्श युवा क्लबले आयोजना गरेको नगरस्तरीय अन्तर विद्यालय हाजिरी जावाफ प्रतियोगितामा १६ विद्यालयलाई पछि पर्दै उपाधि सुनगाभा पब्लिक स्कुलले हात परेको छ । उपाधिसँगै सुनगाभाले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा लिटिल वडर्स इंग्लिस स्कुल द्धितीय, ग्यालेक्सी इंग्लिस बोर्डिङ स्कुल तृतीय र सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय सान्त्वना हुन सफल भएका छन् । द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु.१० हजार, ५ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ भने सान्तवना हुने विद्यालयले आकर्षक गिफ्ट ह्याम्पर र प्रमाण–पत्र पाएको छ ।
सैनामैना नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालय गरि १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता दुई चरणमा विभाजन गरिएको थियो । जसमा १६ वटा विद्यालयलाई फाइनल छनोटका लागि परीक्षा दिएर टप ५ विद्यालय सुनगाभा, ग्यालेक्सी लिटिल वर्डस् सैनामैना नमुना मा.वि र नव प्रभात इंग्लिस स्कूलले मात्र प्रतिस्पार्धामा भाग लिन पाएका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले विद्यार्थीहरुमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको यस खालको प्रतियोगिताले विद्यार्थीहरुमा पठन सीपको लगनशीलताका लागि कोशे ढुङ्गा सावित हुने बताउनुभयो ।
आदर्श युवा क्लबका अध्यक्ष कोषराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष प्रेम न्यौपानले गर्नुभएको थियो भने क्विज कार्यक्रम संचालन गरि क्लबका पिआरओ दिनेश न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्