ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि सुनगाभा स्कूललाई

एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि सुनगाभा स्कूललाई

 

एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि सुनगाभा पब्लिक स्कुलले जितेको छ । सैनामैना नगरपालिका वडा नम्बर–४ मा रहेको आदर्श युवा क्लबले आयोजना गरेको नगरस्तरीय अन्तर विद्यालय हाजिरी जावाफ प्रतियोगितामा १६ विद्यालयलाई पछि पर्दै उपाधि सुनगाभा पब्लिक स्कुलले हात परेको छ । उपाधिसँगै सुनगाभाले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा लिटिल वडर्स इंग्लिस स्कुल द्धितीय, ग्यालेक्सी इंग्लिस बोर्डिङ स्कुल तृतीय र सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय सान्त्वना हुन सफल भएका छन् । द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु.१० हजार, ५ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ भने सान्तवना हुने विद्यालयले आकर्षक गिफ्ट ह्याम्पर र प्रमाण–पत्र पाएको छ ।
सैनामैना नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालय गरि १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता दुई चरणमा विभाजन गरिएको थियो । जसमा १६ वटा विद्यालयलाई फाइनल छनोटका लागि परीक्षा दिएर टप ५ विद्यालय सुनगाभा, ग्यालेक्सी लिटिल वर्डस् सैनामैना नमुना मा.वि र नव प्रभात इंग्लिस स्कूलले मात्र प्रतिस्पार्धामा भाग लिन पाएका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले विद्यार्थीहरुमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको यस खालको प्रतियोगिताले विद्यार्थीहरुमा पठन सीपको लगनशीलताका लागि कोशे ढुङ्गा सावित हुने बताउनुभयो ।
आदर्श युवा क्लबका अध्यक्ष कोषराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष प्रेम न्यौपानले गर्नुभएको थियो भने क्विज कार्यक्रम संचालन गरि क्लबका पिआरओ दिनेश न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

विज्ञापन