ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
शिक्षक कर्मचारीलाई कम्प्यूटर तालिम

शिक्षक कर्मचारीलाई कम्प्यूटर तालिम

 

तिलोत्तमा, नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिद्वारा आयोजित कम्प्यूटर तालिम सकिएको छ । तालिममा सहभागीता जनाउन इच्छुकहरु मध्येबाट छनौटमा परेका २० जना शिक्षक कर्मचारीहरुलाई १० दिने तालिम सञ्चालन गरिएको थियो । शान्ति नमुना मा.वि.को प्राविधिक सहयोगमा भएको तालिमको सहजिकरण संघका उपाध्यक्ष अमर डि.सी.ले गर्नुभएको थियो ।

विज्ञापन

संघका नगर अध्यक्ष प्रचण्ड जि.सी.को अध्यक्षतामा भएको तालिम समापन समारोहमा बोल्दै नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कुलप्रसाद लामिछानेले परिवर्तित समयमा प्रविधिमैत्री तरिकाले बालबालिकाको सिकाई उपलब्धि बढाउन सकिने भन्दै यसलाई हरेक शिक्षण क्रियाकलापको विकल्प भने बनाउन नहुने बताउनुभयो ।
संघका नगर सचिव दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष रुप कुमार रायमाझी, संघका तिलोत्तमाका पूर्व अध्यक्ष खेमराज पाण्डेय, तालिम संयोजक खेमानन्द चापागाई, प्रशिक्षार्थी जमुना रिजालले प्रविधिमैत्री सिकाईका सन्दर्भमा आआफ्नो अनुभव राख्नुभएको थियो ।

संघले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नका लागि दशै तिहारको बिदा पछि उद्घोषण तालिम लगायतका कार्यक्रम गर्ने जनाएको छ ।