परियार सेवा समाज रुपन्देहीको अध्यक्षमा पुनः लोक बहादुर नेपाली चयन
- ई प्रतिबिम्ब
- २०८१ श्रावण १६
- 432 views
बुटवल- परियार सेवा समाज रुपन्देहीको तेस्रो अधिवेशन तथा दोस्रो साधारणसभाबाट अध्यक्ष पदमा पुनः लोक बहादुर नेपाली सर्वसम्मत चयन भएका छन् ।
समाजको बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्ष नेपालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । जसको प्रथम उपाध्यक्षमा नरेन्द्र दर्जी, द्वितीय उपाध्यक्षमा शान्ता रणपाल, तृतीय उपाध्यक्ष उपाध्यक्षमा लक्ष्मण सुनाम र प्रताप परियार, सचिवमा कमल छिनाल, सहसचिवमा सन्जित बुढापृथी, कोषाध्यक्षमा राजु छिनाल र सहकोषाध्यक्षमा लिला बहादुर दमाई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
त्यस्तैगरी कार्यसमिति सदस्यहरुम सिताराम रणपाल, प्रेम नेपाली, जनक बहादुर दमाई, जीवन दर्जी, रिना दर्जी, सिर्जना बुढापृथी, सुमन नेपाली, दमिन बराल, शंकर परियार, सन्दीप परियार, काशिराम परियार र विष्णु नेपाली चयन भएका छन् ।
उक्त अधिवेशनमा निर्वाचन मण्डलको संयोजक राम कुमार रणपाल रहेका थिए भने सदस्यहरुमा सरोज गौतम, रामु परियार,पूर्ण बहादुर परियार,राजु बराह रहेका थिए ।
समाजको बुटवल-६ सुन्दरनगरस्थित आफ्नै भवनमा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई खडक दर्जीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
सपथपछि नवनिर्वाचित अध्यक्ष लोक बहादुर नेपालीले बोल्दै परियार समुदायको हकहित, उत्थान, विकास र संरक्षणका लागि आफू र आफ्नो सिङ्गो टिम निरन्तर लाग्ने बताए । उनले सबैको साथ र सहयोगले गर्दा समाजले भवन निर्माण गर्न सफल भएकोले आगामी दिन अझै राम्रो बनाउनका लागि सबैको सुझाव र साथ जरुरी रहेको बताए ।
दुई दिन सम्म चलेको कार्यक्रममा आगामी नेतृत्वका लागि पदाधिकारीको पदमा धेरै जनाको उम्मेदवारी परेपछि मंगलबार सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयको सहमतिमा बुधबार राती अबेरसम्ममा सहमति जुटेपछि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई राम कुमार रणपाल, तिलक नेपाली र रामु परियारले बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
परियार सेवा समाजले देशभर सबै जिल्लाहरुमा अधिवेशन गर्दै यही भदौ १४ र १५ गते काठमाडौंमा भव्य समारोहका साथ र्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दैछ ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्