प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
- ई प्रतिबिम्ब
- २०८० असार २७
- 287 views
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो ।
उपचारको क्रममा उहाँको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।
उहाँ पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँ ६९ वर्षको हुनुहुन्थ्यो । उहाँको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
त्यसअघि श्रद्धाञ्जलीको लागि उहाँको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
- समग्र खेलक्षेत्र विकासको लागि सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता
- सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ ले जित्यो
- लक्षित वर्ग समुदायकै संघर्ष र बलिदानीका कारण नेपालमा गणतन्त्र स्थापना भएको अध्यक्ष प्रचण्डको दाबी
- ओमसतियाको रामजानकी जमुहानी पोखरा ताल पार्कको प्रचण्डद्वारा शिलान्यास
- नेकपा माओवादी (केन्द्र ) का अध्यक्ष दाहाल भोलि रुपन्देही आउदै
- मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बुधबार बुटवलमा हुँदै, अध्यक्ष दाहालले सम्बोधन गर्ने
- पालिकाको दिगो विकासका लागि रिब्दिकोटले गर्याे बुटवलमा सुझाब संकलन तथा अन्तरक्रिया
- निवर्तमान कृषि मन्त्री शर्माद्वारा छत्रेश्वरी २ दहखोलाको नवनिर्मित प्रशासकीय भवन तथा प्रसुती सेवा केन्द्र भवन समुदघाटन
- ३० औं जनयुद्ध दिवस :नेपालमा भएका हरेक परिवर्तनको जग जनयुद्ध भएको दाबी
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्